- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरविपन्नलाई बाख्रा व्यवस्थापनमा समस्या

विपन्नलाई बाख्रा व्यवस्थापनमा समस्या

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २३ जेठ । रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विपन्नको आयस्तर बढाउन प्रदेश सरकारले सहकारीमार्फत बाख्रा खरिद गरिदिएको छ ।
गाउँपालिका–१ मा सहकारीमार्फत बाख्रापालन सुरू गरिएको छ । अति विपन्न तथा लक्षित परिवारलाई भनेर आयआर्जन कार्यक्रमअन्तर्गत १ सय २० वटा बाख्रा र ३ वटा बोका खरिद गरिएको हो ।
कर्णाली प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ४० लाख रूपैयाँमा १ सय ६० वटा बाख्रा संकलन गर्ने भनिए तापनि अहिले १ सय २० वटा बाख्रा र ३ वटा बोका खरिद गरिएको सहकारीले जनाएको छ ।
अब ४० वटा बाख्रा र २ वटा बोका खरिद गर्न बाँकी रहेको वडा अध्यक्ष टेक बहादुर पुनले जानकारी दिए । आर्थिक अभावका कारणले ४० वटा बाख्रा खरिद गर्न नसकिएको बाख्रापालन सहकारीले जनाएको छ ।
बाख्रापालनका निम्ति र गरिब परिबार भनेर अहिलेसम्म वडा नम्बर १ को पक्रैयाँ गाउँ ७ वटा र बुकिचौर गाउँमा १ वटा गरी जम्मा ८ वटा खोर निर्माण गरिसकेको अध्यक्ष पुनले बताए ।
दलित, जनजाति, पिछडिएका तथा अति विपन्न परिवारको जीवनस्तर उकास्नको निम्ति ब्यवसायीक तथा आर्थिक रूपमा जीवनस्तर उकास्ने उद्देश्यले बाख्रापालन सञ्चालन गरिएको सहकारीका अध्यक्ष हर्क बहादुर पुनले बताए ।

हेरालुको समस्या

सहकारीले व्यवस्थापन गरेका बाख्रापालनमा हेरालुको समस्या देखिएको छ । दैनिक हेरचाह कसले गर्ने भन्ने विषयमा कुनै पनि छलफल नभएको अध्यक्ष पुनले बताए ।
भेटेनरीका ब्यक्तिहरूसँग छलफल कार्यविधि पेश गर्ने र त्यसपछि मात्र निष्कर्ष आउने वडा अध्यक्ष पुनले बताए । अध्यक्ष पुनले बाख्रापालनको विषय हेर्दा सामान्य तर भित्र गहिरिएर हेर्दा जटिल भएकाले सोंच विचार पु¥याएर गर्नुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here