- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरज्यालादारी मजदुर समस्यामा छन्ः केसी

ज्यालादारी मजदुर समस्यामा छन्ः केसी

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २३ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोनाभाइरसका कारण गरिएको लकडाउनले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको जीवन कष्टकर बन्दै गएको बताएका छन् ।
कोरोना विश्वब्यापी संकट भएको र यसप्रकारको संकटलाई मानव समुदाय जित्दै आएको इतिहास रहेको हुँदा आत्तिन नहुने समेत उनले बताए । ‘यसलाई पनि हामीले जित्ने छौं’ उनले भने ‘त्यसैले हत्तोत्साहित नभएर स्वास्थ्य सावधानीका साथ अगाडी बढ्नुपर्छ ।
राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा कोरोनाले उत्पन्न संकट र अबको दैनिक जीवन विषयक अनलाइन अन्तक्रियालाई सम्बोधन गर्दै अध्यक्ष केसीले त्यस्तो बताएका हुन्
‘लकडाउनलाई पनि अब परिमार्जन गर्दै जानुपर्छ, परिक्षणको दायरालाई बढाउनुपर्छ’ उनले भने, ‘सरकारले प्रवासी नेपाली नागरिकका समस्या पनि समाधान गर्नुपर्छ र उत्पादनका कामलाई पनि अगाडि बढाउनुपर्छ ।’
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय महासचिव रामबहादुर बुढा, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे,
अखिल छैठौंका केन्द्रीय अध्यक्ष बिमल पोख्रेल, नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सचिबालय सदस्य सुरामणि बेल्बासे, उद्योग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष हेमराज बन्जाडे,
दाङ चेम्वर्सका अध्यक्ष श्रीधर महरा अखिल नेपाल जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष राम बहादुर घर्ती, मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य त्रिभुवन भट्टराई र महेन्द्र बस्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण केसी,
जापान नेपाली एकता समाजका हेमलाल गौतम, पत्रकार गोविन्द खड्का, ललिता पोख्रेल, प्रेम सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
जिल्ला सचिव वसन्त पौडेलको सञ्चालनमा भएको कार्यक्रमको विषय प्रवेश जिल्ला अध्यक्ष गणेश आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here