- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरजेष्ठ नागरिकको घरमै उपचार

जेष्ठ नागरिकको घरमै उपचार

- Advertisement -spot_img

आशिष के.सी.
सल्यान, २३ जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले जेष्ठ नागरिक घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । ८० बर्ष माथिका जेष्ठ नागरिकलाई उनको घरमै गएर उपचार तथा परामर्श कार्यक्रम संचालन गरिएको हो ।
८० वर्ष माथिका जेष्ठ नागरिकहरूलाई विभिन्न रोगको संक्रमण हुने र हिडडुल गर्न समस्या हुने भएपछि उनीहरूको घरमै गएर उपचार गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए ।
गाउँपालिकाको आर्थिक बर्ष ०७६/७७ वार्षिक कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गरिएको र गाउँपालिकाका सातै वडामा सञ्चालन गरिएको कार्यक्रमबाट ८७ जना जेष्ठ नागरिकहरूलाई सेवा दिइएको हो ।
हालसम्म सेवा लिनेमा वडा नम्बर १ मा २७, २ मा ८, ३ मा ८, ४ मा ८, ५ मा १३, ६ मा १५ र ७ मा ८ जना जेष्ठ नागरिकलाई उपचार गरिएको अधिकृत खड्काले बताए ।
उपचार तथा परामर्श कार्यमा गाउँपालिकाले सन्बन्धित वडाका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई खटाइएको थियो ।
जेष्ठ नागरिकहरूको घरमा पुगेका स्वास्थ्यकर्मीहरूले उनीहरूको स्वास्थ्य चेकजाँच, परामर्श र औषधिसमेत वितरण गरेको गाउँ स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले बताएकी छन् ।
उनका अनुसार जेष्ठ नागरिकहरूको रोगको पहिचान गरी आवश्यकता अनुसार विभिन्न १५ प्रकारका औषधि र भिटामिनहरू वितरण गरिएको हो । अहिलेसम्म चेकजाँच गरिएका जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।
उपचार गरिएका ८० वर्ष माथिका जेष्ठ नागरिकलाई खानपिनमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
उनीहरूलाई भिटामिन र पोषणयुक्त खानेकुराहरू खान सुझाव दिएको र धुम्रपान, मद्यपान नगर्न आग्रह गरेका समेत गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले रोगका बारेमा परामर्शसमेत दिए । घरमै गएर स्वास्थ्य उपचार गर्दा जेष्ठ नागरिकहरूलाई धेरै सहज भएको र आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here