- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबररूकुम घटनामा प्रभाव पारे सह्य नहुने

रूकुम घटनामा प्रभाव पारे सह्य नहुने

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २३ जेठ । जेठ १० गते रूकुम पश्चिमको सोती घटनामा दलित समुदायको युवाहरूमाथि भएको नरसंहार भएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग तुलसीपुरमा गरिएको छ ।
जातीय विभेदका कारण हत्या गरिएका नवराज विकलगायत ६ जनाको स्मृतीमा बिहीबार दलित नागरिक समाजले आयोजना गरेको श्रद्धाञ्जलीसभामा सहभागीहरूले नरसंहार गर्ने ब्यक्तिहरूलाई कारवाहीका क्रममा कुनैपनि शक्तिले प्रभाव पार्न नहुने बताएका छन् ।
दोषीलाई हदैसम्मको कारवाही हुनुपर्छ उनीहरूको माग छ । समाजका संयोजक छवि परियारको अध्यक्षतामा १३औं दिनमा गरिएको श्रद्धाञ्जली सभामा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवं दलित अगुवा देवराज विश्वकर्मा,
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, नेपाल दलित संघका केन्द्रीय सचिव देवीका नेपाली, दलित मुक्ति संगठनका केन्द्रीय सदस्य राधिका परियार, नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा,
दलित अधिकार तथा सञ्चार अभियान नेपालका अध्यक्ष निर्मल नेपाली, तुलसीपुर उपमहानगरपालिकाका सदस्य युवा करारा र न्यायीक समितिका सदस्य यमुना परियारले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गरेका थिए ।
विश्वकर्मा समाजका किरण विश्वकर्मा, नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ प्रदेश ५ का अध्यक्ष सुरेन्द्र परियार, नेपाल विद्यार्थी संघका जिल्ला सहसचिव जितेन्द्रप्रकाश वली,
दलित विद्यार्थी संघका उपाध्यक्ष खेमराज सेन्चुरी, दलित अगुवाहरू घनश्याम शेपाईली, चेतबहादुर शेपाईली, ईश्वरी सुनार, मेघराज सोनी, साझेदारी विकास मञ्चका खेमराज विश्वकर्मा, दलित सेवा संघका लिला विकलगायतले श्रद्धाञ्जली मन्तब्य गरेका थिए । कार्यक्रमको सहजीकरण समाजका सचिव पोषण सेन्चुरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here