- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरक्वारेन्टाइनमा सरसफाईका सामग्री

क्वारेन्टाइनमा सरसफाईका सामग्री

- Advertisement -spot_img

प्रदेश टुडे
मसुरिया, २३ जेठ । क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले राप्ती गाउँपालिकालाई ब्यक्तिगत सरसफाईका सामग्री उपलब्ध गराएको छ । कोभिड–१९ को कारण राप्ती गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनहरूमा बस्नेहरूका लागि उक्त सामग्री उपलब्ध गराईएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई सामग्री हस्तान्तरण गर्दै क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरकी विद्यार्थी संयोजक दिपा चौधरीले गाउँपालिकाले सञ्चालन गर्दै आएको कोरोना संक्रमण रोकथामका प्रयासहरूमा साथका लागि सामग्री उपलब्ध गराईएको बताइन् ।

गढवा गाउँपालिकाको चैनपुरमा कार्यालय रहेको क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकालाई ६ सय पिस लुगाधुने साबुन र ६ सय पिस नुहाउने साबुन, २ हजार स्याम्पु, २५ सय खाना खाने टपरी, पिपी फर्म ५५ मिटर, सेनेटरी प्याड १२० पीस, प्लास्टिक बाटा २० पीस,
प्लास्टिक गुन्द्री २५ पीस, प्लास्टिक मग २० पीस र ५०० लिटर प्लास्टिक पानी टंकी प्रदान गरेको छ ।
बुधबारसम्म करिव ८ सय बढी नागरिक क्वारेन्टाइनमा बस्दै रहेको अवस्थामा क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकाको कोरोना संक्रमण रोकथामका प्रयासहरूमा साथ र सहयोग गरेकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले धन्यवाद प्रदान गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here