Friday, January 24, 2025
Homebreaking-newsदाङमा एकैदिन १५ संक्रमित

दाङमा एकैदिन १५ संक्रमित

- Advertisement -spot_img

दाङ, २२ जेठ ।
दाङमा एकै दिन १५ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परिक्षण रिपोर्टमा १५ जनामा कोरोना पुष्टी भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं २ र ९ का ५ जना, बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ का ६ जना, राजपुर गाउँपालिकाका वडा नं. २, ३, ४ का ३ जना र बबई गाउँपालिका ५ का एकजनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै १६ वर्षदेखि ३६ वर्षसम्मका रहेका छन । १५ जना संक्रमितमा १ जना महिला रहेकी छन् । उनीहरु सबै पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको बुझिएको छ ।

बिहीवार ४ सय ८७ जनाको परिएको पिसिआर परिक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले बताएको छ । यो सहित दाङमा ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here