Sunday, December 15, 2024
Homebreaking-newsगाउँका कोरोना संक्रमितले बेड पाएनन्

गाउँका कोरोना संक्रमितले बेड पाएनन्

- Advertisement -spot_img

       बंगलाचुली गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइन ।


 

भगवान भरोसामा जीवन

सपना बोहरा
घोराही, २२ जेठ । अब हामी भगवान भरोसामा छौं । हामीले व्यवस्थापन गर्न समस्या भयो । ‘प्रदेश सरकारले व्यवस्था गरेको अस्पतालमा बेड छैन’, बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले भने ‘गाउँपालिकाका कोरोना संक्रमितलाई उपचारमा समस्या भयो ।’

गाउँपालिकामा दैनिक बिरामी बढिरहेको विषयप्रति बढी चिन्तित देखिएका अध्यक्ष वलीलाई संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चटारो छ ? अहिले बंगलाचुलीका १० जना र बंगलाचुलीमै बसेका २ जना गरेर १२ जना संक्रमित भएका छन् ।

यसमा चारजनाको मात्रै कोरोना विशेष अस्पतालमा उपचारका लागि पठाइएको छ । अन्य संक्रमित क्वारेन्टाइनमै छन् ।

उनीहरूको उपचार अब भगवान भरोसाबाहेक अरू कुनै विकल्प छैन । ‘बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा बेड खाली छैनन् भन्छन्, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी नल्याउ भन्छन्’ उनले भने ‘अब हामीले बिरामी कहाँ लैजाने, कसरी उपचार गर्ने ?’

यहाँ उनीहरूलाई उपचार गर्नको लागि सुविधा सम्पन्न आइसोलेसन पनि छैन्’ उनले भने ‘क्वारेन्टाइनमै संक्रमित बिरामीहरूलाई उपचार गराईरहेका छौं ।’

कोभिड–१९ का संक्रमित बिरामीहरूको लागि प्रदेश सरकारले कुनै सहयोग नगरेको बताए । ‘गाउँपालिकाका स्वास्थ्यकर्मीको रेखदेखमा संक्रमितहरूको उपचार गर्छौ, क्वारेन्टाईनमा नै राखेर’ उनले भने ‘हामीले सक्दो कोसिस गर्ने हो, नसके भगवान भरोसा ।’

‘तीनजना व्यक्तिहरूमा पोजेटिभ रिपोर्ट आयो’ राजपुर गाँउपािलकाका अध्यक्ष लोकराज केसीले भने ‘अब हामीले कहाँ लगेर उपचार गराउने ? गाउँपालिकामा अस्पताल छैन,

जिल्लामा भएको भरियो रे !’ ‘उपचार गराउनको लागि कहाँ लैजाने ? कोरोना बिशेष अस्पतालले सिधै नल्याउ भन्छन्’ उनले भने ‘हामीले पहिले संक्रमित बिरामीहरू जहाँ बसेका थिए, त्यहि नै आइसोलेसनमा राखेर उपचार गर्छौ ।’

बिरामीहरूको लागि पटक–पटक समन्वयको लागि अनुरोध गरेपनि बेड खाली नभएको कारण देखाउँदै नल्याउन आग्रह गरेको उनले बताए ।

‘संक्रमित बिरामीहरूको लागि बेड खाली नभएपछि हामीले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क ग¥यौं’ ‘उहाँले क्वारेन्टाइनलाई नै व्यवस्थित गरेर उपचार गराउनुस् भन्नुभयो, त्यही अनुसार गरेका छौं ।’

राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदीले संक्रमित बिरामीहरूलाई बुटवल लैजाने तयारी भईरहेको बताए । ‘कहि पनि बेड खाली छैन् भन्छन्’ उनले भने ‘बुटवलको कोरोना विशेष अस्पतालमा सम्पर्क गरिरहेका छौं ।’

संक्रमितहरू राख्नको लागि आइसोलेसन बेडको व्यवस्था छैन । क्वारेन्टाइनमा नै संक्रमित बिरामीहरूलाई राखेर नै उपचार गराईरहेका छौं ।

पालिकामा राखेर संक्रमितको उपचारः प्रजिअ

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सम्बन्धित गाउँपालिकामा नै संक्रमित बिरामीहरू राखेर उपचार गरिने बताएका छन् ।

‘दिनप्रति दिन संक्रमित बिरामीहरू बढ्दै छन्’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘सबैलाई बेड नपुग्न पनि सक्छ, सम्बन्धित पालिकामा नै व्यवस्थित गरेर उपचार गर्नुको विकल्प छैन ।’

सिरियस बिरामी तथा भेन्टिलेटरमै राखेर मात्रै उपचार गर्नुपर्ने अवस्था आयो । बेलझुण्डीको कोरोना विशेष अस्पतालमा ल्याएर उपचार गरिने उनले बताए ।

कोभिड–१९ को संक्रमित बिरामीहरूलाई छुट्टै उपचार कक्षको व्यवस्था गरेर उपचार गर्न सम्बन्धित पालिकाका अध्यक्षहरूलाई अनुरोध गरिएको उनले बताए ।

पालिकामा संक्रमित बिरामीहरूलाई राखेर उपचार गर्नको लागि पूर्वाधारहरू रहेको पनि उनले जानकारी गराए ।

‘प्रत्येक पालिकामा उपचार गर्नको लागि पूर्वाधारहरू छन्’ उनले भने ‘सिरियस समस्या आयो भने कोरोना विशेष अस्पतालमा ल्याएर उपचार गरिनेछ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here