- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरतीन दिनदेखि संक्रमित क्वारेन्टाइमै

तीन दिनदेखि संक्रमित क्वारेन्टाइमै

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, २२ जेठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भेटिएका १७ जना कोरोना संक्रमितहरूलाई तीन दिन बितिसक्दा पनि आइसोलेसनमा पुग्न सकेका छैनन् । कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई सोमबार स्थानीय विद्यालयमा बनेका क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना पोजेटिभ देखिएलगत्तै आइसोलेसनमा राख्नुपर्ने हो, तर तीन दिन बितिसक्दा पनि क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।
प्रभाकर मावि देवस्थलका तीनजना, बनगाड क्याम्पस बनगाड सुनौलीका १४ जना गरी १७ जनालाई अहिलेसम्म आइसोलेसनमा राखिएको छैन । उनीहरूले विद्यालयको बरन्डामा दैनिकी बिताइरहेका छन् । ‘यहाँ हामी धेरै छौं शौचालयदेखि खानेपानीका धारा एउटै छ ।
साथीहरूले हेप्छन्, धारा नछोउ हामीलाई पनि सर्छ भन्छन्’ एक संक्रमितले भने, ‘यस्तो अवस्थामा हामीमाथि अन्याय भएकोे छ ।’
कोरोना पोजेटिभ देखिएका अर्का संक्रमितले भने, ‘अहिले हामी भवनको बाहिरी बरन्डामा बस्ने सुत्ने गर्छौ, सधै भोलि–भोलि हुन्छ भन्दै दिन टार्ने काम गरेका छन्
संक्रमित भएको समयमा अरू समयभन्दा बढी सफा र सुरक्षित स्थानमा राखेर उपचार शुरू गर्नुपर्नेमा अझैपनि हामीले बरण्डामा रात बिताउनु परेको छ ।’
नगरपालिकाका सूचना अधिकारी धर्मराज ढकालले जिल्लामा आइसोलेसन बनाउने तयारी नपुग्दा संक्रमितहरूलाई जिल्ला पठाउन नसकेको बताए ।
सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेलले जिल्लाको सदरमुकाममा निर्माण भएको आइसोलेसनमा ल्याउने तयारी भएको र आफूलगायत नेपाली सेना टोली लुहापिङ्गमा आइसोलेसन बेड बनाउन लागि परेको बताए ।
‘संक्रमितहरूलाई हामीले ल्याउने तयारी गरेका थियौं, तर काम सम्पन्न भई नसकेको कारण केही ढिलाइ भएको हो’ उनले भने । बनगाड कुपिण्डे नगरपालिकामा १३ गते पठाएको ३ सय ९३ पिसिआर मध्ये १ सय ५८ जनाको रिपोर्टमध्ये ४२ जनाको पोजेटिभ आएको छ ।
१५ गते पठाएको १ सय ६६ जनाको र १८ गते पठाएको १ सय ५१ जनाको रिपोर्ट अहिलेसम्म आएको छैन ।
कछुवाको गतिमा प्रदेश सरकारले स्वावको रिपोर्ट निकालिरहेको छ भने कर्णालीका २० हजार भारतबाट आएका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका कोरोनाको सल्यान जिल्लाको मुख्य केन्द्र बन्दै गएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here