- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचर‘निजी अस्पताल सँगसँगै छन्’

‘निजी अस्पताल सँगसँगै छन्’

- Advertisement -spot_img

कोरोना महामारीको संकटमा देशभरका सरकारी अस्पतालमा सेवाको दायरा साँघुरो बनाइएको छ । संकटमा निजी अस्पतालले २४सैं घण्टा सेवा प्रदान गरिरहेका छन् । तर कतिपय नीजि अस्पतालले बिरामीलाई भर्ना गर्न नमानेको खबर पनि आउने गरेका छन् । सरकारले पनि सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन नसकिरहेको अवस्था छ । कोरोना रोगभन्दा पनि अन्य रोगको उपचार नपाउँदा नागरिकले मृत्युवरण गर्नुपरेको छ । कोरोना महामारीको संकटमा निजी अस्पतालले सरकार तथा नागरिकलाई कसरी सहयोग गर्न सक्छन् त ? आज हामीले निजी अस्पताल महासंघ नेपाल अफिनका उपाध्यक्ष हरि रिजालसँग कुराकानी गरेका छौं ।


कोभिड–१९ मा निजी अस्पतालको भूमिका के छ ?

कोरोनाको महामारीपछि सरकारी अस्पतालले सेवालाई साँघुरो बनाउँदै लगेपछि निजी अस्पतालले सेवा प्रदान गरिरहेका छन् ।
नेपालभरका निजी अस्पतालले सेवालाई साँघुरो बनाएको भए अर्को परिस्थिति सिर्जना हुने थियो तर निजी अस्पतालले सरकारलाई सहयोग गरिरहेका छन् ।
सरकारले निजी अस्पतालले पु¥याएको योगदानको मूल्यांकन गर्न सकिरहेको छैन् । समस्या दिनप्रतिदिन झन् जटिल बन्दै छ ।
यस्तो अवस्थामा सरकारले निजी अस्पतालसँगको सहकार्यलाई जोड्न सकेको छैन् । सरकारको नीतिअनुसार फेभर क्लिनिक, आइसोलेसन वार्ड बनाएर २४सैँ घण्टा सुचारु गरेको अवस्था छ ।

अहिले सहकारी अस्पतालको भूमिका प्रभावकारी नै छ नि ?

हैन, मैले सरकारी अस्पताल प्रभावकारी छैन भन्न खोजेको होइन । तर जति हुनुपर्ने थियो त्यति सरकारी अस्पतालले आफ्नो भूमिकालाई बलियो बनाउन सकिरहेका छैनन् ।
जनशक्ति अभावको कारण देखाउँदै सरकारी अस्पतालमा स्वास्थ्य उपचारमा दिँदै आएको सेवालाई रोक्नु गलत हो । यस्तो अवस्थामा निजी अस्पतालले सहयोग गरिरहेका छन् ।
किन भने नागरिकलाई अहिले कोरोना रोगभन्दा पनि अरू रोग लागेपछि उपचार गर्ने ठाउँ नपाएर मर्ने चिन्ता छ । यस्तो कठिन स्थितिमा निजी अस्पतालले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

निजी अस्पतालले बिरामीलाई सेवा नदिएका विभिन्न घटना छ नि ?

कहि कतै छिटफुटबाहेक त्यस्ता घटना भएका छैनन् । समाचारमा आएको जस्तो बिरामीले उपचार नपाएर फर्केका घटना बिरलै छन् । तर कही कतै केही छन्, त्यसलाई होइन् भन्न सकिदैन् । हामीले सकेसम्म यस्तो विपद्को घडीमा बिरामीलाई सेवा दिनुपर्छ ।
मानवीय समवेदनामा सबै जानुपर्छ भनेर स्वास्थ्य सुरक्षाको अवस्था कमजोर भएपनि सेवा प्रदान गरिरहेको अवस्था छ । एउटै आमका छोराहरू त कोहि विद्वान् हुन्छन्, कोही चोर फटाहा हुन्छन् । यो पनि के हो भने देशभरी रहेका निजी अस्पतालले कसले के गर्छ ?
भन्ने भन्दा पनि सकेसम्म हामीले संगठनको हिसावले त्यस घटना नदोरिउन् भनेर काम गरिरहेका छौँ । सरकारी तवरबाटै सरकारी अस्पतालमा कति कमजोरी छन् ,
यस्तो परिस्थितिमा सरकारी अस्पताल सक्रिय बन्न नसकेको अवस्थामा निजी अस्पतालले धानिरहेका छन् ।

कोभिड व्यवस्थापनको योजना कस्तो छ ?

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण विश्व समुदायलाई चिन्तित बनाएको छ । मानव समुदाय नै संकटको घडिमा रहेको अवस्थामा हामी निजी स्वास्थ्य संस्थाहरूले पनि मानवीय सेवामा दिनरात खटिरहेका छौँ ।
विभिन्न समस्या र चुनौतीका बावजुद पनि हामीले सेवालाई साँघुरोभन्दा झनै फराकिलो बनाएका छौँ । अवस्था दिनदिनै झन भयावह बन्दै गएको छ । यस्तो अवस्थामा सरकारले निजी अस्पतालसँगको सहकार्य गरेर परिक्षणको दायरालाई फराकिलो बनाउन सक्छ ।
तर सरकारले यस्तो कुरामा गम्भीर बन्न सकिरहेको छैन् । यस्तो अवस्थामा आरोप–प्रत्यारोपभन्दा पनि एकअर्कामा सहकार्य गरेर अघि बढ्ने मुख्य कुरा हो ।

कोरोना परिक्षण निजी अस्पतालमा शुरु हुन्छ कि हुँदैन ?

हुन्छ, अवश्य । सरकारले कोरोना परिक्षणको दायरा बढाउन नसकिरहेको अवस्थामा निजी अस्पतालले सहयोग गर्न सक्छन् । यो विषयमा हामीले सरकारसँग माग गरेको करिब १६ दिन भयो ।
नेपाल सरकारको स्वास्थ्य विभागमा निजी अस्पताल जोसँग पूर्वाधार छ, क्षमता छ, जनशक्ति त्यस्तो अवस्थाका अस्पतालले परिक्षण गर्न सक्छन् ।
विषेशज्ञसहितको सेवा प्रदान गरिरहेका निजी अस्पतालले कोरोना परिक्षण गर्न सक्दैनन् ? भन्ने त हुँदैन् । खै सरकार कहाँ अल्मलिएको छ, नियत के हो ?
आफैमा बुझ्न नसकेको कुरा हो । निजी अस्पताल सक्षम छन् । अहिले भर्खरै पूर्वाधार तयार गरेर कोरोना परिक्षण पिसिआर विधिबाट गर्न सक्छन् । हामीले १५ दिन अघि सरकारसँग नीतिगत निर्णयका लागि अपिल गरेका छौँ ।

जनशक्ति र पूर्वाधार कसरी व्यवस्थापन गर्नुभएको छ ?

छ, नि किन नहुनु ? स्वास्थ्यमा निजी अस्पतालले जति लगानी गरेका छन्, त्यति सरकारी अस्पतालमा छैन् । तर सरकारले विश्वास गर्न सकिरहेको अवस्था छैन् ।
सरकारको ढिलासुस्ती र कार्यशैलीका कारण अहिले नागरिकले अनाहकमा मृत्युवरण गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।
हामी त भन्छौँ, निजी अस्पताललाई पनि कोरोना परिक्षण गर्ने जिम्मा दिएर भयावहलाई न्यूनीकरण गर्न सक्छौँ । सरकारले त्यसका लागि नीतिगत निर्णय गर्नुपर्छ ।

निजी अस्पतालमा सामाजिक उत्तरदायित्व देखिदैन नि ?

सरकारको नीतिअनुसार नै काम हामीले कोरोनाभाइरसको संक्रमणको अवस्था भयावह बन्दै गएको अवस्थामा २४सैँ घण्टा सेवा प्रदान गरिरहेका छौँ । हामीले कुनै पनि प्रकारका बिरामी फर्काएका छैनौं । जस्तोसुकै बिरामीलाई पनि हामीले सेवा प्रदान गरिरहेका छौं ।
अहिले पनि सरकारी क्षेत्रमा क्वारेन्टाइन बनाउन जनताले विरोध गरिरहेको अवस्थामा निजी क्षेत्रले क्वारेन्टाइन निर्माणको कामलाई तिब्रता दिएको छ ।
म रहेको राप्ती लाइफ केयर हस्पिटलले पनि तुलसीपुरको मोतिपुरमा रहेको भवनमा ५० बेडको क्वारेन्टाइन निर्माण गरेका छौँ । हामीले अहिले पनि मापदण्डअनुसार ५ बेडको आइसोलसन बनाएका छौँ ।
यद्यपि तुलसीपुर उपमहानगरपालिकाले अनुरोध गरेमा हामीले ५० बेडसम्मको आइसोलसन बेड बनाउन सक्छौँ ।

अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई के भन्न चाहनुहुन्छ ?

यस्ता किसिमका प्राकृतिक विपत्तिहरू आउने भनेको विरलै समयमा आउने हुन् । यस्तो अवस्थामा स्वास्थ्यकर्मीले सेवा गर्न पाउनु निकै राम्रो कुरा हो । महामारीको संकटमा स्वास्थ्यकर्मीले प्रभावकारी भूमिका खेल्न नसके झन अर्को भयावह स्थिति आउँछ ।
त्यसैले पनि यस्तो विपत्तिमा मानवीय सेवाभावका साथ काम गर्नुस् । एउटा उच्च मनोवल र सकारात्मक सोच लिएर आफ्नो सुरक्षा सामग्री लिएर काम गर्न आह्वान गर्न चाहन्छु । बिरलै किसिमले आउने महामारीमा सरकारी के,
निजी के ? हामीले भेदभावरहित काम गरौँ । कोरोनाको महामारीको संकटसँग लड्न सामाजिक दूरी कामय गरेपनि मनको दूरी टाढा नबनाऔँ ।
प्रस्तुतिः जीतसागर जी.एम.

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here