Thursday, February 13, 2025
Homebreaking-newsप्रहरीको बोली, व्यवहार फेरिन्छः सिंह

प्रहरीको बोली, व्यवहार फेरिन्छः सिंह

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २२ जेठ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका डिएसपी शिवबहादुर सिंहले अब तुलसीपुरमा प्रहरीको बोली, व्यवहार फेरिने बताएका छन् । उनले कुनै पनि प्रहरीले कुनै पनि नागरिकलाई अभद्र व्यवहार र बोली नगर्ने बताए ।
‘प्रहरीको बोली व्यवहारलाई सुधार्दै छौं’, उनले भने, ‘प्रहरीले सबैलाई अब सभ्य भाषामा हजुर सम्बोधन गर्नेछन् ।’ ‘मातहतका सबैलाई भाषा र बोली व्यवहार सुधार गर्न तीनदिनको अल्टिमेटम दिएको छु’, उनले भने,
‘प्रहरीले सबै नागरिकलाई तपाई/हजुर भनेर सम्बोधन गर्नेछ । व्यवहारमा परिवर्तन नआएको भेटिए कारवाही हुन्छ । त्यस्तो देखेमा तपाईहरू खवर गर्न सक्नुहुन्छ । डिएसपी सिंहले बुधबार पत्रकारहरूसँगको अन्तरक्रियामा यस्तो बताएका हुन् ।
उनले तुलसीपुर क्षेत्रको शान्ति सुरक्षा गराउनु मुख्य काम रहेको बताए । उनले अहिलेको अवस्था लकडाउनको व्यवस्थापन र कोरोनाको संक्रमणको जोखिम न्यूनीकरण भएको र केही समय यसमा क्रियाशील हुने बताए ।
हरिहरनाथ योगीको सरूवा भएपछि कार्यालय प्रमुखको जिम्मेवारीमा प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंह आएका हुन् । उनले बुधबार तुलसीपुरमा क्रियाशील पत्रकारहरूसँग अन्तरक्रिया गरेका छन् ।
‘लकडाउनका विषयमा समस्त तुलसीपुरबासी एक हुनुस्, सुरक्षा निकायले त्यस्तै व्यावस्थापन गर्नेछ’– सिंहले भने, ‘लकडाउनलाई कसरी व्यवस्थापन गर्ने आम तुलसीपुरबासीको पनि दायित्व हो ? लकडाउनको कार्यान्वयन र व्यवस्थापनसँगै शान्ति सुरक्षाका सवालमा पनि आफू त्यत्तिकै गम्भीर रहेको उनले बताए ।
आफूले यो गर्छु र ऊ गर्छु भनेर उद्घोष नगर्ने बताउँदै उनले सबै काम नतिजा आउने गरी गरेर देखाउने बताए ।
त्यसै अवसरमा उनले सरकारले गरेका निर्णयहरू कार्यान्वयन गराउने सवालमा पनि आफ्ना माताहतका सुरक्षाकर्मीहरूलाई निर्देशन दिदै प्रहरी पब्लिक पार्टनरसिपमा योजनाहरूलाई अघि बढाउने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here