- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरनेत्र मार्ग कालोपत्रे हुने

नेत्र मार्ग कालोपत्रे हुने

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २२ जेठ । दाङको घोराहीमा अवस्थित नेत्र मार्ग कालोपत्रे हुने भएको छ । संघीय सरकारको १ करोड बजेटमा नेत्रलाल अभागीको स्मृतिमा निर्मित सडक कालोपत्रे हुने भएको हो ।
सडक कालोपत्रेका लागि आवश्यक प्रक्रियाहरु पूरा गरी कामलाई अगाडि बढाउन सुरु गरिएको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिकाको वडा नं. ५ र ६ लाई जोड्ने सडक कालोपत्रे हुन लागेको हो ।
सडक कालोपत्रेका लागि डिभिजन कार्यलयले लक्ष्मी निर्माण सेवालाई ठेक्का दिईएको कार्यालयका ईञ्जिनियर अमिर सुवेदीले जानकारी दिए ।
उनले आगामी असोज महिनाभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौताका गरिएको उनले जानकारी दिए । घोराही–६ र ५ जोड्ने नेत्र मार्ग कालोपत्रे हुन लागेको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १६ खिरट्टेस्थित पूर्व–पश्चिम दामोदर मार्गदेखि घोराही वडा नं. ६ लखुवार हुँदै कप्तान चोक जोड्ने ५ किलोमिटरको नेत्र मार्ग कालोपत्रे हुन लागेको हो ।
दङाली कम्युनिष्ट आन्दोलनका धरोहर सहिद नेत्रलाल अभागीको जन्मस्थल धर्ना जोड्ने सडकका रुपमा रहेको नेत्र मार्ग कालोपत्रे नहुँदा वर्षातको समयमा स्थानीयहरुले सास्ती भौग्दै आएका थिए ।
यसैबीच उक्त सडकमा पर्ने बबई नदीको पुल निर्माणको कार्य पनि सुरु हुने भएको छ । सांसद विष्णु पौडेलले घोराही–६ को लखुवार र वडा नम्वर ५ को खैरी गनार जोड्ने बबई नदीको पुल निर्माणको प्रक्रिया सुरु हुन लागेको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here