- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयविकटमा विद्युत योजना

विकटमा विद्युत योजना

- Advertisement -spot_img

सम्पादकीय
सबै क्षेत्रमा अझै पनि विद्युतको पहुँच पुग्न सकेको छैन । सहरी र सुगम क्षेत्रमा विद्युतको पहुँच पूर्णरुपमा भए पनि ग्रामीण र दुर्घम क्षेत्रमा विद्युत बत्तीको साटो टुकी बत्ती प्रयोग भइरहेको छ ।
यहि अवस्थामा नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले ग्रामीण क्षेत्रमा विद्युत पु¥याउने लक्ष्य लिएर काम सुरु गरिसकेको सार्वजनिक भएको छ । यसै वर्ष ग्रामीण क्षेत्रमा विद्युतीकरण विस्तार गरेर नागरिकलाई बिजुली दिने योजना प्रशंसीय नै छ ।
यो कार्यले पूर्णता पाउन सकेमा मात्रै नागरिकहरु लाभाम्वित हुनेछन् । योजनाले मात्रै भन्दा पनि काम र सम्पन्नताले यसको पुष्टाई गर्ने छ । दाङको विकट क्षेत्र मानिएको गंगटे र मलई लगायतका क्षेत्रमा विद्युत पु¥याउन खोज्नु राम्रो हो ।
विद्युत प्राधिकण तुलसीपुर वितरण केन्द्रले यसै वर्ष गंगटेमा विद्युत पु¥याउने गरि काम थालिएको समेत जनाउनुले ढिलो चाडो गाउाँँ बत्ती बल्ने छ । यसले यसै वर्ष ग्रामीण क्षेत्रमा विद्युत पुग्ने विश्वास बढाएको छ ।
दाङको गंगटे, मलई र कल्लेबल्ले लगायतका धेरै त्यस्ता क्षेत्रहरु छन् । जुन अहिलेसम्ममा पनि विकासको पहुँच बढ्न र विकास बाक्लिन सकेको छैन । सडक,
खानेपानी, विद्युत, टेलिफोन मात्रै हैन अत्याआवश्यक सामान्य विकासका पूर्वाधारसमेत नदेखिएको अवस्था विद्युत प्राधिकरणको ग्रामीण विद्युतीकरण योजनाले यस क्षेत्रलाई विकाससँग जोड्ने अपेक्षा हुनु स्वभाविक हुन्छ ।
तुलसीपुर वितरण केन्द्रले ग्रामीण विद्युतीकरण योजना र सुधार योजना सञ्चालन गरेको छ । १२ वटा ठूला योजनामध्ये केहि योजनामा विकटका बस्तीहरुको समेत आवाज सुनिएको देखिन्छ ।
माथिल्लो मलई, तल्लो मलई, गंगटे, खमारी, कल्लेबल्ले, खमारीलगायतका क्षेत्रमा बिजुली पु¥याउनका लागि योजना सारिनु र निर्माणको काम पनि अघि बढाइनुले अब साँच्चै विकट बस्तीमा विद्युत पुग्छ भन्ने देखाएको छ ।
विद्युतले यसका लागि झण्डै ५ करोड रुपैयाँ खर्च गर्दैछ । विकासमा कोभिड–१९ को प्रभाव देखिएको छ । यसलाई पनि व्यवस्थापन गरेर विकासलाई तिव्रता दिनसके तोकेकै समयमा ग्रामीण क्षेत्र झिलिमिल हुनेछ ।
विकास सहरमा मात्रै हुने र गाउँसम्म नपुग्ने अवस्थाको पनि अन्त्य हुनुपर्छ । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत लाईन प्रसारण योजना पूरा भएर अर्काे वर्ष त्यस क्षेत्रमा नागरिकहरुले विजुली बाल्ले मात्रै हैन वैधानिक विद्युतको उपभोक्ता हुन सकून् ।
वर्षौदेखि बत्तीको पहुँचमा नभएका ठाउँका नागरिकमा बत्तीको पहुँच पु¥याउने प्रयास राम्रो हो । यसलाई सबैको सहयोग र सहकार्य आवश्यक पनि छ । विद्युत कार्यालय पनि त्यो वातावरण बनाउन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here