- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsवडा अध्यक्षद्वारा अस्थायी प्रहरी पोष्ट तोडफोड

वडा अध्यक्षद्वारा अस्थायी प्रहरी पोष्ट तोडफोड

- Advertisement -spot_img

प्रचण्ड खत्री
रुकुम पश्चिम, २१ जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ का निर्वाचित वडा अध्यक्ष दिपक केसीले मंगलबार साँझ ८ः४५ बजे वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गरेका छन ।

वडा नम्बर १४ को छिवाङ गाउँमा रहेको प्रहरी चौकीमा २५ जनाको युवा समूह लिएर साँझ एक्कासी आक्रमण गरेका हुन् । आक्रमण सबै युवाहरु फरार जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जानकारी दिएको छ ।

असईको नेतृत्वमा सात÷आठजना प्रहरी रहेको उक्त चौकीको पोष्ट भत्काउनुका साथै दुईजना प्रहरी जवानलाई समेत कुटपिट गरेको बताइएको छ ।

कुटपिट भएका प्रहरी जवान घाइते भएका छन् । प्रहरीहरुके खाना खाईरहेको समयमा प्रहरीमाथि एक्कासी आक्रमण भएको स्थानीयबासीहरुले बताएका छन् ।

प्रहरी चौकीमा प्रवेश गरि प्रहरीको हतियारसमेत खोसेको तर पछि प्रहरी फेरि बल प्रयोग गरी हतियार फिर्ता लिएको प्रत्यक्षदर्शी स्थानीयबासीले बताएका छन् ।

नेकपाबाट निर्वाचित वडा अध्यक्ष दिपक केसीले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छाडेको रिसले प्रहरी चौकीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी उपरीक्षक ठग बहादुर के सिले बताए ।

घटनास्थलमा अहिले अस्थायी प्रहरी चौकी सोलाबाङ र प्रहरी चौकी सिम्लीबाट थप प्रहरी पुगेको बताएको छ । वडा अध्यक्ष दिपक केसीलाई फोन गर्दा मोवाइल अफ रहेको छ । उनी नेकपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले आफ्नो वडामा निकै राम्रो विकाु निर्माणका कामहरू गर्दै आइरहेको बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here