Friday, March 29, 2024
Homeसम्पादकीयदुर्घटना न्यूनीकरणमा सोचौं

दुर्घटना न्यूनीकरणमा सोचौं

- Advertisement -spot_img

सम्पादकीय
आइतबार मध्यरातमा बाँकेको अगैया नजिकै भएको सवारी दुर्घटनामा १२ जनाले ज्यान गुमाए । भारतबाट घर फर्कदै गरेका मजदुरहरू सवार गाडी दुर्घटना हुँदा ठूलो मानवीय क्षति भयो । दुर्घटनामा परेर २१ जना घाइते अवस्थामा छन् ।
कोरोना महामारीको संकटको सामना गरिरहेको समयमा आइतबारको घटनाले सबै नेपालीलाई स्तब्ध बनाएको छ । तर केबल मृतकप्रति श्रद्धाञ्जली, परिवारप्रति समवेदना र घाइतको शिघ्र स्वास्थ्य लाभको कामनाबाहेक केही गर्न सकिने अवस्था रहेन् ।
सिट क्षमताभन्दा बढी यात्रु लिएर नेपालगञ्जबाट हिडेको गाडी पूर्व–पश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा दुर्घटना भएपछि पनि दुर्घटना न्यूनीकरण गर्नेतर्फ भने कसैले सोचेको अपस्था छैन ।
दुर्घटना जानेर हुने होइन । अकस्मात् र प्राविधक कारणले नै दुर्घटना हुने हो । त्यो अवस्थामा हामी आफैले सोचेका र पूर्व सचेतना अपनाएमा यसबाट जोगिन सकिन्छ ।
कतिपय दुर्घटनाहरू लापरवाहीले पनि हुने गरेका छन् । चालकको लापरवाही कमजोर सडकको अवस्था, खचाखच यात्रु, ट्राफिक नियमको पालना नगर्नु लगायत दुर्घटनाका कारण हुन् ।
तर पछिल्लो समय बढी चालकको लापरवाही र ट्राफिक नियमको पालना गर्ने निकाय र गराउने जिम्मेवारी निकायको कमजोरीका कारण दुर्घटनाका खबरहरू दैनिकजसो आउने गरेका छन् ।
दुर्घटना न्यूनीकरणका लागि थुप्रै प्रयास भएपनि सबै प्रयास अहिलेसम्म निरर्थक देखिएका छन् । भयानक दुर्घटना भएको २÷४ दिन सल्बलाउने जिम्मेवार निकाय त्यसपछि विस्तारै सेलाउँदै गएको पाइन्छ । आइतबारकै दुर्घटना हेर्दा पनि लापरबाही बढी देखिएको छ ।
गाडी दुर्घटनापछि क्षमताभन्दा बढी यात्रु बोकेको गाडी कसरी बाँकेबाट छुट्यो, अहिले सबैले यहि प्रश्न गरिरहेका छन् ? यसले पनि प्रहरीको गस्ती रातिमा कति सक्रिय हुँदो रहेछ भन्ने पनि छर्लङ्ग बनाएको छ ।
प्रहरीले नेपालगञ्जबाट छुट्दा थोरै यात्रु लिएर हिडेको तर अन्य यात्रु बाटोमा थपिएको दावी गरेपनि यस विषयमा विभिन्न तर्क वितर्क हुन थालेको छ । लकडाउनको समयमा सवारीको चाप कम भएपनि दुर्घटना भने रोकिन सकेको छैन् ।
लकडाउनकै समयमा धेरै दुर्घटनाहरू भएका छन् । जिल्ला बाहिर देश बाहिरबाट जन्मथलोमा आउनेमा भएको पछिल्लो दुर्घटनामा चालकको लापरबाही बढी देखिन्छ भने ट्राफिक प्रहरीले समयमै जाँच गरेको भएपनि यति ठूलो संख्यामा नागरिकले मृत्युवरण गर्नुपर्ने थिएन् होला ।
बन्दाबन्दीको अवस्थामा पनि सिट क्षमताभन्दा बढी यात्रु बोकेको सवारी आवतजावत गर्दा प्रहरीको सक्रियता बढाउन आवश्यक थियो ।
त्यो गर्न नसक्नु भनेको नै न्यूनीकरणमा ध्यान दिन नसक्नु पनि हो । सडकमा गुड्ने सीमित सवारीको साधनको पनि प्रहरीले निगरानी बढाउन नसक्दा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ ।
दुर्घटना न्यूनीकरणका लागि नागरिकको भूमिका पनि महत्वपूर्ण हुन्छ । न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण रहन्छ । यसतर्फ सबैले आफ्नो तर्फबाट सोचौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here