- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsगंगटे र मलईमा यसै वर्ष बिजुली

गंगटे र मलईमा यसै वर्ष बिजुली

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २१ जेठ । दाङको विकट क्षेत्र मानिएको गंगटे र मलई क्षेत्रमा यस वर्ष नै बिजुली पु¥याउन थालिएको छ । विद्युत प्राधिकण तुलसीपुर वितरण केन्द्रले यसै वर्ष गंगटेमा विद्युत पु¥याउने गरी काम थालिएको जनाएको छ ।
दाङको गंगटे, मलई र कल्लेबल्ले आसपासका क्षेत्रहरूमा यस वर्ष बिजुली बत्ती बाल्ने गरी काम भइरहेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत बिद्युत लाईन प्रसारण गरिने गरी योजना सञ्चालन भएको नेपाल विद्युत प्राधिकारण तुलसीपुर केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए ।
यो सँगै तुलसीपुरलगायत पश्चिम दाङका विभिन्न स्थानहरूमा विद्युतको पहुँच पुग्ने भएको हो । लकडाउन सकिए लगत्तै सबै क्षेत्रमा विद्युत विस्तारका कामहरू तिव्र रूपमा धमाधम सञ्चालन हुने विद्युत प्राधिकरण तुलसीपुर केन्द्रले जनाएको छ ।
ग्रामीण विद्युत विस्तार कार्यक्रम अन्तर्गत यस वर्ष पश्चिम दाङका ग्रामीण भेगमा बिजुली बत्ती विस्तार गरिने नेपाल विद्युत प्राधिकरण तुलसीपुर केन्द्रका प्रमुख लामिछानेको भनाइ छ ।
प्राधिकरणका १२ वटा ठूला योजनामध्ये माथिल्लो मलई, तल्लो मलई, गंगटे, खमारी, कल्लेबल्ले, खमारीलगायतका क्षेत्रमा विजुली पु¥याउनका लागि योजना आएको र निर्माणको कामम पनि बढिरहेको लामिछानेले बताए । यसका लागि बजेट विनियोजन, टेण्डर आह्वान, पोल व्यवस्थापन र अन्य आवश्यक प्रक्रियासमेत सुरू भईसकेको उनले बताए ।
‘वर्षौदेखि बत्तीको पहुँचमा नभएका ठाउँमा बत्ती बाल्ने हाम्रो मुख्य योजना हो’ उनले भने– ‘असार मसान्तसम्म सकिने काम हो, तर लकडाउनले समस्या बनाएको छ ।’
मलई र गंगटे क्षेत्रका लागि २५÷२५ लाख रूपैयाँ योजना रहेको छ । बबई गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मलई र आसपासका क्षेत्रहरूमा विद्युत लाईन प्रसारणका लागि अर्निस कन्स्ट्रक्सनलाई ठेक्का दिईसकेको उनले जानकारी दिए ।
प्राधिकरणले तुलसीपुर उपमहानगरका १ देखि ९ सम्मका वडाहरूमा विद्युत सेवा विस्तारका लागि सोहि कन्स्ट्रक्सनलाई ठेक्का दिइसकेको छ ।
यस्तै दंगीशरण गाउँपालिकामा पर्ने माथिल्लो मलई र बबईको मलई आसपासका क्षेत्रमा बिजुली बत्ती जडान गर्ने जिम्मा रूपाखानी निर्माण सेवा सल्यानलाई दिईएको छ ।
तुलसीपुर प्राधिकरणमार्फत प्रसारण गरिने विजुली बत्ती मर्मत सम्भार र विद्युत विस्तारका लागि सरकारले यस वर्ष मात्रै ५ करोड बजेट दिएको छ । त्यसमै रहेर १२ वटा विद्युत सुधारका योजना सञ्चालन भएको प्रमुख लामिछानेले बताए ।
विनियोजित बजेटले तुलसीपुर उपमहानगरपालिकाका, दंगीशरण गाउँपालिका, शान्तिगर र बवई गाउँपालिकाका विभिन्न स्थानमा काम सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाईसकेको उनले बताए ।
प्राधिकरणले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को पैँयाखोलादेखि सातवाससम्म ११ केभीको विद्युत लाईन जडान र ट्रान्सर्फमर राख्ने भएको छ ।
यसका लागि पनि टेन्डर आह्वान गरिएको छ । सोही वडाको प्रतापकोट र टुनापानी क्षेत्रमा विजुली बत्ती जडान र ट्रान्र्फमर राख्ने जिम्मा भैरव निर्माण सेवा तुलसीपुरलाई दिईसकेको उनले बताए ।
तुलसीपुर–४ को रक्षाचौर, हलवार लगायत विभिन्न स्थानमा विद्युत लाईन विस्तार र विजुली पोल मर्मत सम्भारको काम सम्पन्न भईसकेको प्राधिकरण प्रमुख लामिछानेले बताए ।
त्यस्तै ग्रामीण विद्युत विस्तार कार्यक्रमअन्तर्गत उपमहानगरको वडा नं ५, ६ र ७ का लागि टेन्डर आह्वान गरिएको छ भने वडा नं. १०, ११, १२, १४ र १५ का विभिन्न स्थानमा बिजुली बत्ती मर्मत र लाईन विस्तारका लागि सल्यानको नमस्ते नेपाल विल्डर्सलाई ठेक्का दिइसकेको छ ।
त्यसैगरी शान्तिगरका विभिन्न स्थानहरूको विद्युत लाईन विस्तार, पोल मर्मत तथा व्यवस्थापनका लागि सल्यानमा रहेको भैरव निर्माण सेवालाई जिम्मा छ ।
असार मसान्तसम्ममा काम सम्पन्न गरिसक्ने प्राधिकरणको योजना भएपनि लकडाउनका कारण आधा मात्र काम भएको सम्पन्न गर्न केही समय लाग्ने देखिएको उनको भनाइ छ ।
लकडाउनका कारण कामदार, आवश्यक निर्माण सामग्री र ढुवानी व्यवस्थापनमा समस्या भएकाले कतिपय योजनाहरू टेण्डर प्रक्रियामै रहेको उनले बताए ।
अहिले तुलसीपुर बजार क्षेत्र, शान्तिनगर गाउँपालिका बबई गाउँपालिकाका विभिन्न क्षेत्रमा बिजुली बत्ती मर्मत, पोल व्यवस्थापन, विद्युत लाइन विस्तारलगायतका कामहरू टेण्डर प्रक्रियामै रोकिरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here