- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरयुवाका लागि सरकारको भावी रणनीति के ?

युवाका लागि सरकारको भावी रणनीति के ?

- Advertisement -spot_img

बबि बस्नेत

देश तथा विदेश अहिले जताततै कुरा छ त केबल कोरोनाभाइरसको । गाउँघर, समाज, सहर, देश, बिदेश जताततै कोरानाकै कुरा र चर्चा हुन्छ ।
कोरानाभाइरसबाट मृत्यु हुने र संक्रमण हुने संख्या पनि लाखौं पार गरीसकेको छ । यसो त नेपाल पनि यसबाट अछुतो हुन सकेको छैन । तर मानव क्षति चाहि अहिलेसम्म धेरै भएको छैन यो सुखद कुरा हो ।
यस भाइरसको बारेमा विभिन्न राष्ट्रहरूमा अध्ययन अनुसन्धान भएपनि यसबाट वचन कुनै खोप, औषधिको विकास भएको छैन । तसर्थ आफ्ना नागरिकलाई नेपाल सरकारले यस महामारीबाट बचाउन लकडाउन गरेको छ ।
महिनौ दिनको लकडाउनका कारण नेपालको अर्थतन्त्र पनि डाउन हुने अवस्थामा छ भने खाद्य कुराको अभावले भोकमरी निम्तिने अनुमान गर्न थालिएको छ ।
अहिले न गाडी मोटर चल्छन् न त हवाई उडान नै । भारतीय सीमाकानाकामा सुरक्षा व्यवस्था कडा बनाउँदा बनाउँदै पनि लुकिछिपी नेपाल भित्रीने नेपालीको जमात ठूलो छ ।
यता नेपालका विभिन्न ठाउँमा छरिएका नेपालीको आर्थिक, सामाजिक, मानसिक र शारीरिक रूपमा समस्या परेको गुनासो थाम्न नसकेपछि स्थानीय सरकारले लकडाउनकै अवधीमा थुप्रैलाई गाउँसम्म फर्काए । अहिले गाउँमा युवायुवतीको चहल पहल धेरै देख्न सकिन्छ ।
हिजोसम्म मुस्किलले दसैँ, तिहारमा परदेश–देशका भिन्न कुनाबाट झोला बिकेर फर्कनेहरू यतिबेला काँधमा कोदालो, हलो, हातमा हसिया लिएर खेतबारीमा कोहि जोत्दै त कोहि झाड फाल्दै गरेको देख्न सकिन्छ । कतिको चल्ला पाल्ने त कतिको बाख्रा पाल्ने योजना छ ।
कोरोनाले गाउँ फर्काइएका युवा रजोसिलो बनेको गाउँका बर्षौदेखि बाँझो रहेका जमिनमा कुटो, कोदालो र हलो खेलिरहेको देख्न सकिन्छ अचेल । गाउँ घरमा सहारा नपाएका बुढा बाआमाका आँखामा सहारा र साथ पाएका छौं भन्ने कुरा मजाले देख्न सकिन्छ ।
प्राय वर्ष बिराएर आउने आफ्ना सन्तान अहिले आफै सँगै बस्ने अनि आफ्नै घरआँगन, आफ्नै खेतबारीमा काम गरेको देख्दा खुसी र सुखी देखिन्छन् ।
सन्तान टाढा हुँदा आफूले शारीरिक, मानसिकरूपमा भोगेको भोगाईलाई मनभित्र सोचेर छोराछोरी, नाति, नानिनी, बुहारीले पैदल हिडेर टाढाबाट आउँदा बाटैमा नखाएको, खान नपाएको बाँसले दिएको त्यो पीडा देखेर, सुनेर अब मिठो मसिनो जे हुन्छ यही नेपालमा आफ्नो ठाउँमा गरी खाउला भनी सम्झाउँदैछन् ।
कतिलाई त यो कुराले मन छोएको छ त कतिलाई भने यो सबेरै उठ्ने, घरसफा गर्ने, चिया बनाएर खुवाउन पर्ने, कालो भाँडा माझ्नपर्ने, दाउरा बाल्नपर्ने, आफ्ना काँधमा कोदालो हातमा हसिया, माटोले फुटेका हातखुट्टा, मुख हेरेर अत्तालिएका छन् ।
सहरमै हुर्केका उतै बसेर वटिभीनेट गाडी सिनेमामा रमाउनेहरूलाई दिन काट्न धौ–धौ भएको छ । गाउँ फर्केकाहरूमध्ये कृषि पेसा कतिलाई रहरभएको छ त कतिलाई बाध्यता ।
यो समय भनेको मकै रोप्ने, धानको बीउ राख्ने, भिन्न तरकारीहरू लगाउने बेला हो । किसानले धान र मकैका बीउको लागि स्थानीय सरकारलाई झकझकाईरहेका छन् । स्थानीय सरकार काम गर्न खोजे पनि केन्द्र सरकार सत्ता कसरी जोगाउने, महामारीको नाममा रकम कसरीपचाउने?
भन्ने कुरानै सोच्दै बसेको देखिन्छ । प्राय धेरैजसो गाउँ फर्केकोले शहर शान्तरसुन्दरभएको खुसीमा सीमित नेताहरू काठमाडौंमा कुर्सिकै खेल खेल्न ब्यस्त छन् । सत्ता र कुर्सीको खेलमा लिप्त नेताहरू भारतले सीमा मिच्दा आफूलाई थाहा नभएको ढोङ गर्छन् ।
राहतका नाममा कुहिएको चामल बाँड्ने त कहिले गरिबका घरमा राहत पु¥याउन नसक्नुले देशका जन तामा वितृष्णा आएको छ । न त किसानले अहिले मल पाएका छन् न त बीउ नै ?
न त सिंचाईको सुविधा । कतै कसैले यी सबै कुरा पुगाएर उत्पादन गर्दा उसको तरकारीले बजार नपाएर खेतबारीमा कुहिने अवस्था छ । भारतबाट ट्रकका ट्रक तरकारी भित्रनु अनि आफ्ना देशका किसान खेतबारीमा तरकारी कुहिने वातावरण सिर्जना गर्नु,
समयमा मल, बीउ नपाउनु अनि श्रम रमेहनतले उचित कदर नहुनुले गाउँ–गाउँमा कृषि गर्ने भने फर्केका युवालाई सरकारको यस्तो रणनीतिले प्रोत्साहित गर्छ कि निरूत्साहित ? सरकारको ध्यान जावस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here