- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकोरोनाबाट मुत्यु भए एकलाख

कोरोनाबाट मुत्यु भए एकलाख

- Advertisement -spot_img

प्रदेश टुडे
बुटवल, २१ जेठ । ५ नम्बर प्रदेश सरकारले कोरोना संक्रमणका कारण मृत्यु भएमा नागरिकका परिवारलाई एकलाख रूपैयाँ राहत प्रदान गर्ने भएको छ । प्रदेशमा कुनै पनि नागरिकको कोरोनाका कारण मृत्यु भए परिवालाई एक लाख राहत दिने निर्णय प्रदेश सरकारले गरेको हो ।
प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोषबाट एकलाख उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
बैठकले कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष स्थापना र सञ्चालन निर्देशिका पहिलो संशोधन २०७७ लाई स्वीकृत गरेको छ ।
संशोधित निर्देशिकामा कोरोना नियन्त्रणमा परिचालन हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनशक्तिको सेवासुविधाको व्यवस्था गर्ने निर्णयसमेत भएको छ ।
संशोधित निर्देशिकामा कोरोनाभाइरसको परिक्षणका लागि प्रयोगशाला स्थापना तथा सञ्चालनमा लाग्ने आवश्यक उपकरण, औषधि, सामग्री, स्वाव संकलन तथा सञ्चालनमा आवश्यक खर्चका लागि बजेट व्यवस्थापन,
कोरोना उपचारका लागि आइसोलेसन केन्द्रमा रहने लक्षण नदेखिएका कोरोना संक्रमित व्यक्ति, उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खाना खर्चको व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।
यस्तै बैठकले लैंगीक सम्पर्क विन्दु व्यवस्थापन र परिचालन कार्यविधि २०७७ र प्रदेश बाल क्लव सञ्जाल गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७७ समेत पारित गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here