- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरनिर्धन उत्थान लघुवित्तद्वारा छात्रवृत्ति प्रदान

निर्धन उत्थान लघुवित्तद्वारा छात्रवृत्ति प्रदान

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २१ जेठ । दाङको तुलसीपुरमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले शाखामा आवद्ध समूह सदस्यका छोराछोरीमध्ये २०७५ सालको उच्च माध्यमिक परीक्षामा सबैभन्दा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति अन्तर्गत तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ४ खाद्रे निवासी नुमा विककी छोरी चन्द्रकला विक र तुलसीपुर उपमहानगरपालिका–४ मजुवा निवासी गमला पुनका छोरा प्रविण पुन मगरलाई ६ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
संस्थामा आवद्ध सदस्यका जेहेन्दार छोराछोरीहरूलाई उत्प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले नेपाल अधिराज्यभर रहेका १ सय ७८ शाखामा उक्त छात्रावृत्ति प्रदान गरिदै आएको तुलसीपुर शाखा प्रबन्धक पिताम्बर पौडेलले जानकारी दिए । उनले प्रत्येक शाखामा आवद्ध २ सदस्यका छोराछोरीलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएको बताए ।
संस्थाले आफ्ना छोराछोरीलाई छात्रवृत्ति स्वरूप रकम उपलब्ध गराएपछि अभिभावकहरू खुशी भएका छन् । आफ्ना सदस्यहरूलाई थप सेवा प्रदान गर्ने उद्देश्यले संस्थाले सुत्केरी भत्ता, मृत्यु विमा र विपद् व्यवस्थापनलगायतका अन्य सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा संस्थाका समूह सदस्य तथा अभिभावक नुमा विक, गमला पुन, संस्थाका केन्द्र परिचालकहरू सीता कुमारी चौधरी, रेश्मा नेपाली, सुनिता विसी चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका एकाउन्टेन्ट शंकर पाण्डेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here