- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरजातीय भेद्भाव किन र समाधान के ?

जातीय भेद्भाव किन र समाधान के ?

- Advertisement -spot_img

तिलक पाण्डे

पछिल्लो समय विभिन्न कालखण्ड जातीय तथा वर्ग उन्मुक्तिलाई आधार बनाई नेपालमा विभिन्न वर्ग संघर्ष भएका छन् । आत्मनिर्भरता तथा समता मुलक समाज बनाउनका निम्ती गरिएको संघर्षहरूप्रति पुनः प्रश्चवाचन चिन्ह खडा भएको छ । वर्ग संघर्षको आधार बनाएको दलित भन्ने शब्दलाई विभिन्न तरिकाले उपयोग गरेको पाईन्छ  ।
मूख्यतः प्राचीन कालमा राज्य सञ्चालनको सुसंगठित व्यवस्थापनको लागि राजा जयस्थिति मल्ल (१३६०–१३९५) सिपको पहिचानअनुरूपको कार्य विभाजन गर्ने हेतुले कामदारहरूको वर्गीकरण गरिएको पाईन्छ ।
सोही अनुरूप क्रमशः प्रताप मल्लले खुकुरी बनाउने सीप भएकालाई लोहार, छालाको काम गर्नेलाई सार्की, सुनको काम गर्नेलाई सुनार, नाचगान गर्नेलाई वादी भनेर वर्गीकरण गरेको पाईन्छ । यस प्रथालाई नै कुरितीको रूपमा जात भनेर विस्तार गरियो ।
यसलाई आधार बनाउने हो भने सीप कलाकौशल जानैकै आधारमा कुनै व्यक्ति विशेषलाई कामी, दमाई, सार्की, क्षेत्री, ब्राह्मण भनेर छुट्याउने पर्ने कुनै वैज्ञानिक अनि सामाजिक कारण नभएको स्पष्ट हुन्छ ।
दलितको अर्थ हो ‘दलन’ गरिएको अर्थात् ती मानिस जो आर्थिक अनि समाजिक रूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिकरूपले पछाडि पारिएको बुझिन्छ ।
यसको अर्थ ब्राह्मण, क्षेत्री पनि आर्थिक तथा सामाजिक सामाजिक रूपमा पछाडि परिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिकरूपमा पछाडि पारिएको पनि हुन सक्छन् ।
यसको अर्थ कोही जातको आधारमा ब्राह्मण, क्षेत्री हुँदैमा सुसम्पन्न तथा अब्वल हुन्छ भन्ने हुँदैन । मानौँ कुनै दलित भनिएको घरमा ब्राह्मण अथवा क्षेत्री काम गर्छ भने उसलाई कुन जात भन्ने ?
जबसम्म दलित वा जनजाति भनिएकै आधारमा आरक्षण छुट्याउनु पर्ने स्थिति बन्छ । तबसम्म जातीय भेद्भाव अनि समाजवादउन्मुख समाज परिकल्पना गर्ने सकिदैन ।
जन्मको आधारमा नभई वर्गको आधारमा आरक्षणको व्यवस्था गरिनुपर्छ । यसका निम्ति आधारभूत वितरण प्रमाणी निर्माण गर्न सक्नुपर्छ ।
यति भन्दै गर्दा ब्राह्मणको विरोध गरेको भने होइन । ब्राह्मणवादको विरोध भनेको वेद, गीता, रामायण, महाभारत आदि ग्रन्थको अथवा ब्राह्मण जातीयको विरोध पनि होइन ।
ब्राह्मणवाद विरोध भनेको रूदीवादी अवैज्ञानिक कर्मकाण्ड अन्धविश्वारको विरोध हो । ब्राह्मणवादको विरोध हिन्दूधर्मको विरोध गर्नु होइन ।
नेपालमा जनजाति तथा दलित आन्दोलनको मुख्य आधार भनेको समतापूर्ण समाज निर्माण गर्नु हो । त्यो भन्दा पहिले मान्छेद्वारा सिर्जित अत्याचार, अन्धविश्वास, अपमान हटाउन पर्ने र चेतनास्तरलाई अभिवृद्धि गर्नका लागि विभिन्न तरिका अबलम्वन गर्नपर्ने हुन्छ ।
जनयुद्धको परिणामस्वरूप २०७२ असोज ३ गते अन्त्यको घोषणा गरियो तर जनचाहना अनुसारको विभेद् अन्त्य भने भएन । यो विषयमा सरकारले कठोर कदम चालेन भने घटनाक्रम अर्कै हुन सक्ने स्पष्ट देखिन्छ ।
हामी २१औं शताब्दीको समाजमा भइरहँदा पनि ब्राह्मण, क्षेत्री, जनजाति, दलित भनेर विभेद गरिनु अत्यन्तै दुखद् अनि लजास्पद कुरो हो ।
जुनसुकै समुदायको मान्छे भएपनि हामी नेपाली हौं । मानौं हामी कसैलाई ज्वरो आयो भने खाने भनेको सिटामोल नै हो । अथवा सबैको रगत हो अनि हामी एकै किसिमको जैविक प्रजाती हौं ।
यसैगरी हाम्रो जातपातमा आधारित र विभाजित धर्म र संस्कार छ । यसले एउटा जातमा जन्मिएपछि अर्को पेशामा जात नपाउने गरी परम्परागत रूपमा बाधा हालिरहेको अवस्था छ ।
हाम्रो संस्कार भनेको बाहुन चिन्तन मनन् गर्ने पुरेत्याई क्षेत्रीहरू लड्ने, भिड्ने वैश्यहरू व्यापार गर्ने र श्रमिक शुद्रहरूले अपहेलित भएर बस्ने भन्ने हजारौं बर्षदेखिको मनोवादी चिन्तन छ । यो जातपातको हाम्रो निम्ति अत्यन्तै ठूलो बाधक छ ।
यस्तो विभेद अन्त्यको लागि वर्गीय आधारमा पूर्वाधारका विकास गरिबी उन्मुलन, रोजगारी बुद्धि, उचित वितरण प्रमाणी आधारभूत विषय हुन् ।
यसैगरी स्वास्थ्य, शिक्षा गरिबी निर्मुलीकरण, भ्रष्टाचार नियन्त्रण सबै प्रकारका विभेदबाट मुक्ति, सीप विकास, रोजगार, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण कुरामा योजना बनाई कार्यान्वयनका लागि राष्ट्रव्यापी जनपरिचालन महत्वपूर्ण हुन्छ ।
जबसम्म कोही दलित जनजाति अथवा अन्य कुनै समुदाय भएकै निहुमा समाजबाट निरस्कृत एवं अपहेलित हुनुपर्ने हुन्छ । तबसम्म समाजवादमा पुग्न कठिन देखिन्छ । यी कुराहरू निर्मुलीकरण भएसँगै हामी वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्ने छौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here