- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरसाढे ६ हजार बेडको क्वारेन्टाइन निर्माण

साढे ६ हजार बेडको क्वारेन्टाइन निर्माण

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २१ जेठ । दाङमा क्वारेन्टाइनको क्षमतालाई बढाइएको छ । जिल्लाका सबै स्थानीय तहमा अहिलेसम्म साढे ६ हजारभन्दा बढी बेडको क्वारेन्टाइन निर्माण भएका छन् ।
भारतबाट जिल्ला भित्रिने नागरिकहरूको संख्या बढ्दै जान थालेपछि जिल्लामा क्वारेन्टाइनको क्षमता बढाइएको हो ।
जिल्लाका दशवटै स्थानीय तहले कोरोना संक्रमणकोे जोखिम बढ्दै गएपछि तिव्र गतिमा क्वारेन्टाइन क्षमता बढाउन लागेका हुन् । अहिलेसम्म जिल्लाका दश स्थानीय तहमा ६ हजार ६ सय ५८ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
भारतलगायत अन्य मुलुकबाट आउने नागरिकहरूलाई व्यवस्थित गर्नका लागि घोराही उपमहानगरपालिकाले अहिलेसम्म सबैभन्दा बढी क्षमताको क्वारेन्टाइन निर्माण गरेको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिकामा २ हजार ५ सय १० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
त्यस्तै राप्ती गाउँपालिकामा १ हजार २ सय, बंगलाचुली गाउँपालिकामा १ हजार ७६, तुलसीपुर उपमहानगरपालिकामा ७ सय २१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
त्यसैगरी गढवा गाउँपालिकामा ३ सय २६, राजपुर गाउँपालिकामा २ सय ३०, लमही नगरपालिकामा २ सय २, शान्तिनगर गाउँपालिकामा १ सय ९३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
त्यसैगरी बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाले एक/एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले जानकारी दिए ।
स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा अहिले ५ हजार १ सय ३८ जना नागरिकहरूलाई राखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here