- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsआठजनामा थपियो कोरोना

आठजनामा थपियो कोरोना

- Advertisement -spot_img

दाङ, २० जेठ ।
दाङमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मंगलबार बंगलाचुली गाउँपालिका र राप्ती गाउँपालिकाका थप ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाव परिक्षणमा बंगलाचुली गाउँपालिकामा ६ जना र राप्ती गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिएका छन् ।

बंगलाचुलीको सुधा मावि झेल्नेटामा गरिएको स्वाव संकलनबाट वडा नम्बर ५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषमा कोरोना देखिएको हो । त्यस्तै बंगलाचुलीकै वडा नम्बर ७ का २९ बर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार देवले जानकारी दिए ।

बंगलाचुली गाउँपालिकाबाट पछिल्लो समय ७४ जनाको स्वाव संकलन गरि परिक्षण गरिएको थियो । राप्ती गाउँपालिका वडा नम्बर ९ का ५५ बर्षिय र वडा नम्बर १ का १८ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु नभप्रतिभा विद्यालय र आदर्श मावि क्यारेन्टाइनमा रहेकाहरु हुन् ।

राप्ती गाउँपालिकाबाट १ सय १७ जनाको स्वाव संकलन गरिएकोमा १ सय १५ जनाको नेगेटिभ र २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रतिष्ठानमा आइपुगेको अझै १ हजार ५ सय ९४ स्वाव परिक्षण गर्न बाँकी रहेको जनाइएको छ । दाङमा संक्रमित हुनेको सख्या संख्या ५१ पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here