- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरपरीक्षण नहुँदा जोखिम बढ्यो

परीक्षण नहुँदा जोखिम बढ्यो

- Advertisement -spot_img

प्रदेश टुडे
प्यूठान, १९ जेठ । कोरोना परिक्षण नहुँदा प्यूठानमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । भारतलगायत अन्य विभिन्न मुलुकबाट जिल्ला फर्कने नागरिकहरुको समयमै कोरोना परिक्षण नहुँदा जोखिम बढ्दै गएको हो ।
जिल्लाका स्थानीय तहले विभिन्न सीमा क्षेत्रबाट परिक्षणविना नै जिल्लाका नागरिकहरु ल्याउँदा जोखिम बढेको हो ।
सीमाक्षेत्रमा सामान्य ज्वरोसमेत चेकजाँच नगरिएको भारतबाट आएका झिमरुक गाउँपालिकाका बुद्ध बहादुर जिसीले बताए । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जोखिम मोलेर घर फर्किएको उनले बताए ।
सीमा नाकामा अलपत्र परेका नागरिकलाई प्यूठानका स्थानीय तहले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सीमाक्षेत्रका स्थानीयतहको समन्वयमा हालसम्म पाँच हजार नागरिकहरु जिल्ला भित्रिएका छन् ।
लकडाउनको समयमा भारत सरकारले रेल सेवा सञ्चालन गरेपछि जिल्ला भित्रिने नागरिकहरुको संख्या बढेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीले बताए ।
भारतसहित अन्य मुलुकबाट हालसम्म जिल्लामा ५ हजार ५ सय ८१ नागरिकहरु भित्रिएका छन् । भारतबाट फर्किएका नागरिकलाई उच्च सतर्कता अपनाएर स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here