- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशान्ति समाजको २५औं स्थापना दिवस

शान्ति समाजको २५औं स्थापना दिवस

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २० जेठ । मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले संस्थाको २५औं स्थापना दिवस मनाएको छ । सोमबार समाजका जिल्ला शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले रुकुम पश्चिमको घटनालाई राजनीतिकरण गर्न नहुने बताए ।
नेताहरुबाटै घटनाको सत्यता लुकाउन खोजिएको आरोप लगाए । जिम्मेवार नेताबाट नागरिकलाई गुम्राह बनाउन खोज्नु सामाजिक अपराध भएको बताए ।
जातीय, वर्गीय र धर्मका नाममा हुने यस्ता किसिमका घटनाले समुदायमा दिनप्रतिदिन द्वन्द्व बढाउँदै जाने उनको भनाइ छ । उनले रुकुम पश्चिमको घटनामा संलग्न व्यक्तिहरुलाई कोही कसैले संरक्षण गर्न नहुने चेतावनीसमेत दिएका छन् ।
कार्यक्रममा शान्ति समाज दाङ शाखाका संस्थापक सभापति एवं वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले राजनीतिक अधिकार, सामाजिक न्याय,
समुन्त समाज निर्माणका लागि शान्ति समाजले अग्रणी भूमिका निर्वाह गरिरहेको बताए । दलित नागरिक समाजका छवि परियारले शान्ति समाजले जातीय विभेदका विरुद्ध गरिरहेको अभियानप्रति खुसी ब्यक्त गरे ।
कार्यक्रममा शान्ति समाजका पूर्व केन्द्रीय सदस्य निर्मल नेपाली, शाखाका पूर्व सभापति सुरेश श्रेष्ठ, विभागीय संयोजक नवीनकुमार पोख्रेल, सामाजिक अभियान्ता टोपबहादुर महतरालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए
। कार्यक्रममा स्वागत मन्तब्य उपसभापति तुलसीराम सुनारले गरेका थिए । कोषाध्यक्ष अमृतप्रसाद शर्माले धन्यवाद गरेको कार्यक्रमको सहजीकरण सहसचिव उषा गौतमले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here