- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकोरोना रोकथाम कोषमा दुईलाख

कोरोना रोकथाम कोषमा दुईलाख

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २० जेठ । पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भरतपुर दाङले विद्यालयको ७४औँ स्थापना दिवसका अवसरमा विद्यालयका निजीस्रोतका शिक्षक तथा कर्मचारीहरूले घोराही उपमहानगरको कोरोना रोकथाम कोषमा २ लाख रूपैयाँ सहयोग गरेका छन् ।
कोरोना संक्रमण रोकथामका लागि सहयोग पु¥याउने उद्देश्यले शिक्षक कर्मचारी गरी करिब ५० जनाले आफ्नो तलबबाट केही रकम कटौती गरी २ लाख रूपैयाँको चेक घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याललाई अध्यक्ष शिवकुमार आचार्यले हस्तान्तरण गरे ।
यसैबीच स्थापना दिवसको अवसरमा विद्यालयले संस्थापकहरूको तस्विरमा माल्यार्पण गरेको छ । कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउन र विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएका कारण औपचारिक कार्यक्रम नगरी विद्यालयले संस्थापकहरूको तस्विरमा माल्यार्पण गरेको हो ।
विद्यालयका संस्थापक अध्यक्ष दामोदर घिमिरेको शालिक र सदस्यहरू भूपेन्द्रश्वर श्रेष्ठ, खगराज लोहनी र टेकनाथ गौतमको तस्विरमा माल्यार्पण गरिएको विद्यालयका शिक्षक निशान्त आचार्यले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आचार्य,
प्रधानाध्यापक रामप्रसाद जैसी, घोराही उपमहानगरका सामाजिक विकास समितिका संयोजक भरतमणि आर्याल, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेसहितका व्यक्तिहरूले संस्थापकहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै माल्यार्पण गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here