- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरत्रिपालमुनी क्वारेन्टाइन

त्रिपालमुनी क्वारेन्टाइन

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २० जेठ । सल्यानमा भारतबाट आएका नागरिकहरुलाई त्रिपालमुनी बसाईएको छ । जिल्लामा क्वारेन्टाइनको अभाव भएपछि भारतलगायत अन्य मुलुकबाट आएका नागरिकहरु त्रिपालमुनी बस्न बाध्य भएका छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा क्वारेन्टाइनको क्षमता कम हुँदा नागरिकहरु त्रिपालमुनी बस्दै आएका छन् । जिल्लाका १८ वटा विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

तर जिल्ला भित्रिएका नागरिकहरुको संख्या धेरै भएपछि नागरिकहरु बाध्य भएर खुलाचौरमा त्रिपाल टागेर बसेको नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार पुनले बताए ।

सबै क्वारेन्टाइनमा नागरिकहरु भरिभराउ भएपछि बस्ने ठाउँ नहुँदा त्रिपालमुनी बसाउनुपरेको उनको भनाई छ । ‘नगरपालिकामा भएका सबै सरकारी भवनहरु क्वारेन्टाइनले भरिएका छन्’ उनले भने– ‘तर ठाउँ नै नभएपछि खुलाचौरमा राख्नुबाहेक अरु विकल्प छैन ।’

क्वारेन्टाइन अभाव भएपछि प्रदेश सरकारसँग टेन्ट माग गरेपनि अहिलेसम्म उपलब्ध नभएको उनले बताए । सरकारले टेन्ट उपलब्ध गराएका नागरिकलाई सहजरुपमा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।

भारतसहित अन्य मुलुकबाट एकैपटक १२ सयभन्दा नागरिकहरु नगरमा भित्रिएपछि व्यवस्थापन गर्न समस्या भएको उनले जानकारी दिए । क्वारेन्टाइन अभावकै कारण एउटै कोठामा २० देखि २५ जनासम्म बसाउनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

क्वारेन्टाइनमा रहेका ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि व्यवस्थापनमा थप समस्या भएको बनगाड नगरपालिकाकी उपप्रमुख मञ्जु यरीले बताइन् । क्वारेन्टाइनको मापदण्डभन्दा पनि नागरिकलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सबैको चिन्ता र चासोको विषय भएको उनले बताइन् ।

संक्रमितको संख्या बढ्दै जान थालेपछि एक विद्यालयलाई आइसोलेसन बनाउने तयारी भइरहेको उनले जानकारी दिइन् । सल्यानमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here