- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरसीमान्तकृत समुदायलाई राहत

सीमान्तकृत समुदायलाई राहत

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २० जेठ । तुलसीपुरमा रहेको समाजमा वातावरणीय शिक्षाको विकास (सीड) पश्चिम दाङका सीमान्तकृत समुदायलाई राहत वितरण गरेको छ ।
आईएम नेपालको सहयोगमा सीडले दुई गाउँपालिकाका सीमान्तकृत समुदायका गर्भवती महिला, एकल महिला, सुत्केरी तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत प्रदान गरेको छ ।
संस्थाले पश्चिम दाङको दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका एक सय बढी नागरिकहरुलाई राहत प्रदान गरेको सीड संस्थाका अध्यक्ष राममोती चौधरीले जानकारी दिए । उनले दंगीशरणका ५१ जना र शान्तिनगरका ४९ जनालाई राहत प्रदान गरिएको बताए ।
लामो समयसम्मको लकडाउनका कारण जीविकोपार्जन गर्न समस्या भएका घरपरिवारहरुको पहिचान गरी राहतस्वरुप प्रतिपरिवार ३० किलो चामल, नुन, तेल,
सोयाविन, सावुन, दाललगायतका अत्यावश्यक सामग्रीहरु उपलब्ध गराईएको सीडका कार्यकारी निर्देशक भागीराम चौधरीले बताए ।
स्थानीय जनप्रतिनिधिको सहकार्यमा राहत वितरण गरिएको हो ।
सीडका सामाजिक परिचालक र जनप्रतिनिधिहरुले पहिचान गरेका सीमान्तकृत समुदायभित्रका गर्भवती, एकल महिला, सुत्केरी तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत प्रदान गरेको छ । यसअघि यी दुई गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको सीडका कार्यक्रम संयोजक माधव चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here