- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsभयानक दुर्घटना ११ जनाको मृत्यु

भयानक दुर्घटना ११ जनाको मृत्यु

- Advertisement -spot_img

दाङ, १९ जेठ ।

बाँकेको नेपालगञ्जबाट सल्यान जादै गरेको यात्रुबाहक हाइस बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए । दुर्घटना स्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जान लागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको र ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा परि २१ जना घाइते भएका छन । घाइतेको नेपालजञ्जमा उपचार भइरहेको छ । गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ । ६ जनाको अबस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताए । चालक फरार रहेको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here