- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसल्यानका संक्रमितलाई सुर्खेत पठाइयो

सल्यानका संक्रमितलाई सुर्खेत पठाइयो

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १९ जेठ । सल्यानका कोरोना संक्रमितलाई सुर्खेत पठाइएको छ । जिल्लाको वनगाड नगरपालिकामा एकैदिन २५ जनमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि सुर्खेत पठाइएको हो ।
जिल्लामा कोरोना संक्रमितको उपचारका लागि पर्याप्त पूर्वाधार नहुँदा १३ जना संक्रमितलाई कोरोना उपचारका लागि अन्यत्र पठाउनु परेको हो ।
कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित मध्ये १२ जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखी उपचार सुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले बताए ।
भारतलगायत अन्य मुलुकबाट आएका जिल्ला भित्रिएका ७ सय ६७ जनाको पिसीआरका लागि स्वाव गरिएको थियो ।
पिसीआर परिक्षणका लागि नगरपालिकाको बनगाड क्याम्पस र प्रभाकर माविको क्वारेन्टाइनमा बसेका ३ सय ९३ जनाको स्वाव संकलन गरी सुर्खेत प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ८० जनाको पिसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको हो भने २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here