- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरहत्याका अभियुक्त सार्वजनिक

हत्याका अभियुक्त सार्वजनिक

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १९ जेठ । तुलसीपुरको अटोभिलेजमा रेडिइटर मर्मत गर्ने मन्दिप भुजको आफ्नै साथीहरुले हत्या गरेको प्रहरीले सार्वजनिक गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क क्षेत्रमा मदिरा सेवन गरी राति साथीको हत्या गर्ने चारजनालाई प्रहरी घटना भएको पाँच घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरेर मदिरा र लागूऔषध सेवन गरी आफ्नै साथीको हत्या गर्ने चारजना युवालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
मन्दिप भुजको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अर्घाखाची घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ बस्ने सौरव पोख्रेल, तुलसीपुर–५ को अजय बुढाथोकी, आशिष नेपाली, ओमबहादुर सार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
मन्दिपको हत्या ढुङ्गा प्रहार गरी भएको र आफूहरुले हत्या गरेको चारैजनाले स्वीकार गरिसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले बताए ।
दाङ प्रहरी प्रमुख गणेश चन्दले हत्या भएको केही घण्टामै अभियुक्तहरु पक्राउ पर्नु प्रहरी अनुसन्धानमा सफल भएको बताए । उनले कुनै पनि अवस्थामा दोषी उम्कन नसक्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here