- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरएसईई द्विविधा कहिलेसम्म ?

एसईई द्विविधा कहिलेसम्म ?

- Advertisement -spot_img

नेपालमा हिन्दू वैदिक शिक्षाको लामो इतिहास छ । लिच्छविकालिन शिक्षा अलि धर्म प्रधान भएकोले मठमन्दिर, चैत्य, गुम्बाहरूमा दिइन्थ्यो ।

अंशुवर्माले शिक्षा आर्जनका लागि विभिन्न सम्प्रदायमा वर्गीकरण गरेका थिए भने पृथ्वीनारायण शाहको एकीकरण पूर्व सैनिक शिक्षा प्रार्थमिकतामा थियो भन्ने कुरा इतिहासबाट बुझ्न सकिन्छ ।

श्री ३ जंगबहादुर राणाले आफ्नो बेलायत भ्रमणपछि वि.सं. १९१० असोजमा विधिवत रूपमा दरबार हाइस्कुल खोले, यस दरबार हाइस्कुलमा १९३४ देखि भाइभारदारका सन्तानले र १९४२ देखि अन्य सर्वसाधारणले पढ्ने अवसर पाए ।

देवशमसेर प्रधानमन्त्री भएपछि उनको कार्यकालमा शिक्षालाई अलि बढी महत्व दिइएको कुरा पुराना दस्तावेजहरूमा पाउन सकिन्छ ।

दरबार हाइस्कुलले १९३६ देखि कलकत्ता विश्वविद्यालय र १९८० देखि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी चलाएको थियो ।

नेपालमा सर्वप्रथम एसएलसी बोर्ड १९९० कार्तिकमा गठन भयो तर परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परिक्षणसम्मको कार्य पटना विश्वविद्यालयबाटै हुन्थ्यो । उक्त ब्यवस्था २००३ सालमा अन्त्य भई नेपाल सरकारले परीक्षा गराउने व्यवस्था भयो ।

नेपालमा एसएलसी बोर्ड गठन भएपछि सबैभन्दा पहिलो ब्याचमा एसएलसी दिने ३४ जना परीक्षार्थी थिए । जसमा १९ जना सफल र १५ जना असफल भए । त्यसबेलाको बोर्डफस्ट पुष्पभक्त मल्ल हुन् ।

वि.सं.१९९० देखि सुरू भएको एसएलसी परीक्षा सुरू भएको ८३ बर्षमा अर्थात् २०७३ मा एसईईमा परिणत भयो । शिक्षा आठौं संशोधित ऐन अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा र ९ देखि १२ सम्म माध्यमिक शिक्षा भनी वर्गीकरण गरिएको छ ।

यो ऐन संशोधन हुनुपूर्व १० कक्षाको परीक्षालाई एसएलसी मानिएको थियो भने संशोधन पछि १२ को परीक्षालाई मानिएको छ ।

८३ वर्षमा आफ्नो स्वरूप परिवर्तन गरेको एसएलसीबाट एसईई भएको १० कक्षाको परीक्षा २ बर्षसम्म राम्रै चल्यो । तेस्रो बर्षको परीक्षामा विश्वब्यापीरूपमा फैलिएको कोरोनाभाइरसले तहस–नहस पारेको छ ।

यस परीक्षाका बारेमा धेरैका आ–आफ्नै किसिमका अड्कलहरू छन् । शैक्षिक वर्ष २०७६ को एसईई परीक्षा २०७६ चैत्र ६ गतेबाट सञ्चालन हुने पूर्णतयारी थियो ।

जसमा ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थीहरू सहभागी हुँदै थिए । १ हजार ९ सय ९७ परीक्षा केन्द्र तोकिएको र परीक्षा केन्द्र नजिकका सुरक्षा निकायमा प्रश्नपत्रहरू पनि पुगिसकेका थिए ।

तत् केन्द्रका केन्द्राध्यक्षहरूले निरीक्षकहरूलाई परीक्षासम्बन्धी आवश्यक निर्देशन दिई सिट प्लानसमेत गरेको अवस्था थियो भने विद्यार्थीहरू आ–आफ्नो केन्द्रको विषयमा जानकारी लिई पूर्णतयारी अवस्थामा बसेका थिए ।

भर्खरै मात्र प्रधानमन्त्रीको सम्बोधनमा एसईई परीक्षा पुनः सञ्चालन गर्न नसकिने बताएका छन् । शिक्षा क्षेत्रका जानकारहरू फेरि ऐन नियम संशोधन गरी एसईई परीक्षा खारेज गरी स्वतः कक्षा ११ मा भर्ना लिनुपर्ने बताउँछन् । अहिलेको त्रासदीपूर्ण वातावरणमा एसईईको तयारी गरी बसेका विद्यार्थीहरू एकातर्फ कोरोनाले डराएका छन् भने अर्काेतर्फ परीक्षा हुन्छ कि हुँदैन ? भएमा सोंचेको ग्रेड नआउनेमा चिन्तित छन् । विभिन्न ब्यक्तिका फरक–फरक भनाईले विद्यार्थीहरू झनै अन्योलमा छन् ।


घर टाढा हुनेहरू परीक्षा केन्द्र नजिक डेरा लिएर केही समय पहिलेदेखि बसिसकेका थिए । आम परीक्षार्थीलाई एउटा तनावले घोचिरहेको थियो त्यो हो कोरोनाभाइरस ।

जसले गर्दा विभिन्न समाचारहरूमा एसईई हुने या सर्ने प्राथमिकतामा आउँदा तर्सिरहेको भान हुन्थ्यो भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले सम्पूर्ण तयारी पूरा भैसकेकोले एसईई कुनै हालतमा नसर्ने फलाकिरहेका थिए ।

तर कोरोनाभाइरसले उग्ररूप लिएपछि वर्तमान सरकारले झण्डै १८ घण्टा अगाडि स्थगितको सूचना प्रकाशित गर्दा परीक्षार्थी र अभिभावकको भावनामा सरकारले खेलवाड गरेको छनक दियो किन भने भौगोलिक विकटताका कारण सबै केन्द्रहरू सुगममा थिएनन्

नेट इन्टरनेटको कुरा त छोडौं मोटरेबल बाटो नभएका केन्द्रहरूमा टाढाबाट परीक्षा दिन डेरा गरी बसेका र सूचना प्राप्त गर्न नसकी भोलिपल्ट परीक्षा केन्द्रबाट निरास भई फर्किएका विद्यार्थीको मलिन अनुहारले बताइरहेको थियो ।

सरकारले पनि बाध्यात्मक अवस्थामा सारेको हो । तर कोरोनाले विश्वमा फैलाइरहेको आतंकलाई मध्यनजर गरी एकहप्ता पहिले निर्णय गरी एसईई सारेको भए विद्यार्थी यति धेरै खिन्न हुने थिएनन् की ?

अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेपछि मात्र परीक्षा लिने र अहिलेकै कानुनअनुसार लिएमा मात्र परीक्षाले कानुनी मान्यता पाउने भनेको छ ।

अर्काेतर्फ कक्षा ९–१२ सम्म माध्यमिक शिक्षा भनी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिने भइसकेको विद्यमान कानुनमा एसईई परीक्षाको महत्व नभएका भन्दै केही सांसद र शिक्षाविद्हरूले विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

कांग्रेस नेता डा.मिनेन्द्र रिजाल भन्छन् ‘प्रविधिको प्रयोग गरी शिक्षालाई सुधार गर्ने र त्यसको विकासका लागि सरकारले स्थानीयतहमा स्रोत र साधनको ब्यवस्थापन गर्ने योजना ल्याउनुपर्ने ।’

नेकपाका नेता पम्फा भुसालका अनुसार ‘एसईई परीक्षा हटाई कक्षा १२ को परीक्षालाई राष्ट्रिय परीक्षा बोर्डबाट लिनुपर्ने र विद्यालय शिक्षालाई कसरी नियमित गर्ने ?

वर्तमान शिक्षा परिमार्जन गर्ने सवालमा पनि तत्काल निर्णय लिनुपर्ने ।’ शिक्षाविद् विद्यानाथ कोईराला भन्छन् ‘संघीय सरकारका शिक्षामन्त्रीले पढाइ र परीक्षाको विषयमा जे मन लाग्छ त्यहि अभिब्यक्ति दिनाले पनि अहिले केही समस्या आएको ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल भन्छन्

‘लकडाउन खुलेको दुई हप्तामा परीक्षा हुन्छ, तर जीवनलाई जोखिममा राखेर परीक्षा हुन सक्दैन ।’ परीक्षा नियन्त्रक रामराज खकुरेल भन्छन् ‘परीक्षा सम्बन्धी व्यापक छलफल भइरहेको छ र ७ सय २७ केन्द्र थपेर परीक्षा सञ्चालन गर्दा कसैलाई डेरा गरी परीक्षा दिनु नपर्ने र सामाजिक दूरी कायम गरी सम्पन्न गरिनेछ ।’

यता फेरि भर्खरै मात्र प्रधानमन्त्रीको सम्बोधनमा एसईई परीक्षा पुनः सञ्चालन गर्न नसकिने बताएका छन् । शिक्षा क्षेत्रका जानकारहरू फेरि ऐन नियम संशोधन गरी एसईई परीक्षा खारेज गरी स्वतः कक्षा ११ मा भर्ना लिनुपर्ने बताउँछन् ।

अहिलेको त्रासदीपूर्ण वातावरणमा एसईईको तयारी गरी बसेका विद्यार्थीहरू एकातर्फ कोरोनाले डराएका छन् भने अर्काेतर्फ परीक्षा हुन्छ कि हुँदैन ? भएमा सोंचेको ग्रेड नआउनेमा चिन्तित छन् । विभिन्न ब्यक्तिका फरक–फरक भनाईले विद्यार्थीहरू झनै अन्योलमा छन् ।

अब वर्तमान सरकारले हिजोका दिनमा जेसुकै भए तापनि कक्षा १–८ सम्म आधारभूत र ९–१२लाई माध्यमिक शिक्षामा वर्गीकरण गरिसकेपछि राष्ट्रिय परीक्षा बोर्डले लिने एसईई परीक्षा खारेज गरी सम्बन्धित विद्यालयले नै १० कक्षाको परीक्षा लिने र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गर्दा यो समस्या दीर्घकालिन रूपमा समाधान हुन्छ कि ?

हुन त छेपारोले रंग फेरेझै आफ्ना भनाईहरू पटक–पटक फेर्ने शिक्षा मन्त्रीबाट यो हुनेमा शंका छ ।

विद्यार्थीको मनोविज्ञानमा दीर्घकालिन असर पर्ने गरी जे मन लाग्छ त्यहि बोल्ने र टिप्पणी गर्ने छुट हामी कसैलाई छैन । पठनपाठन र परीक्षाका सवालमा जिम्मेवार पदमा बसेकाहरूले विरोधाभाष अभिब्यक्ति दिई विद्यार्थीको मनोवल नगिराऊ ।

केही देश हाँक्ने सारथीहरूलाई लाग्न सक्छ हामी त केही क, क, न, न मात्रै गरेर भाषण छाटेका भरमा र पटक–पटकका जेल यात्रालाई एकै ठाउँमा जोडी त्यहि जेल यात्रा भजाइ यहाँसम्म आई पुग्यों । सबै यस्तै त हुन् नि भन्ने भावना आजैबाट त्यागौं र दक्ष जनशक्ति निर्माणका सवालमा कलिला बालबालिकाको भविष्य सुनिश्चित गरी शिक्षामा नेपाललाई अब्वल दर्जामा स्थापित गरौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here