- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयनिरासामा टरिगाउँ एयरपोर्ट

निरासामा टरिगाउँ एयरपोर्ट

- Advertisement -spot_img

सम्पादकीय
आर्थिक वर्ष ०७७/७७ को लागि सरकारले बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका बीचमा आएको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
विकास निर्माणलगायतका क्षेत्रलाई पूर्ववत अवस्थामै निरन्तरता दिएको छ । विगतको वर्षको भन्दा यो बजेट महत्वाकांक्षी र ठूलो बजेट छ । कम्युनिष्ट पार्टीको बहुमतको सरकारले ल्याउने बजेटमा सबैको भावना र अपेक्षा समेटिने विश्वाससमेत धेरैमा थियो ।
तीनवटै तहका अहिले कम्युनिष्ट पार्टीको बहुमत सरकार छ । बहुमत सरकारले यो बजेटमा आवश्यक पर्ने क्षेत्रमा समेत रकम नछुट्याउँदा नागरिक र जनप्रतिनिधिहरू निरास बनेका छन् । यही अवस्था अहिले दाङमा पनि देखिएको छ ।
राप्तीकै एउटा चिनारी र इतिहासलाई बजेटबाट हटाइनुले यहि संकेत गरेको छ । त्यहि प्रकृतिको बजेट अर्काे ठाउँमा त्यो पनि सम्भव नभएको क्षेत्रमा पु¥याइएको छ । यो कार्यले दङ्गालीलाई नै विभाजन गर्ने रणनीति लिइएको छ । यो अवस्था आउनु हुँदैन ।
यहि कार्यकालमा दाङले समाभुख, मुख्यमन्त्री जन्माएको हुँदा सरकारसँग विकास र बजेटको बढी अपेक्षा गर्नु स्वभाविक थियो । त्यो विगतमा पनि पूरा हुन सकेन, अहिले पनि हुन सकेन् । सभामुख अहिले नभए पनि पावरमा यथावत नै छन् । अरू पूर्ववत अवस्थामै रहेका छन् ।
तर बजेटमा दाङ नै पछि परेको देखिएको छ । निर्वाचनका बेलाका र अहिले पदमा रहेका अधिकारीहरूका कुरा सुन्दा बजेट अघि दाङमा अन्य जिल्लाभन्दा बढी बजेट आउने र एयरपोर्टको स्तरोन्नति, ठूला जहाज सञ्चालन हुने, विकासले फड्को मार्ने पक्का–पक्की जस्तै थियो ।
अहिले बजेट आउँदा निरास पारिएको छ । यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि समेत लाचार बन्ने अवस्था आएको छ भने एयरपोर्टका नाममा ठूला–ठूला भाषण गर्ने विभागीय मन्त्रीहरूको हविगत पनि यसपटक दाङले प्रष्ट रूपमा देखेको छ ।
सञ्चालनमै भएको एयरपोर्टलाई छायाँमा पारेर एउटा वैकल्पीक विमानस्थलको योजना सार्नुले वर्तमान नेतृत्व र दङ्गाली नेताको गद्दारी भएको भन्नसक्ने अवस्था छ ।
विभिन्न क्षेत्रमा अर्बौ बजेट विनियोजन हुँदा दाङका नयाँ योजनाको कुरै छोडौ पुराना र स्थापित गर्नुपर्ने योजनामा समेत बजेट बिनियोजन सुनिएन ।
राप्तीको पुरानो विमानस्थल टरिगाउँ विमानस्थल अहिले सञ्चालनमा छ । त्यसको सरकारले ब्यवस्थापन गरेमा हवाईसेवाले नियमितता पाउने पक्का थियो । तर त्यसको विकल्पमा अहिले सरकारले नयाँ विमानस्थलको खोजी गरिरहेको देखाएको छ ।
भएकोलाई व्यवस्थापन गर्ने सोंच त्यागेर नयाँ खोजिनु त्यति सान्दर्भिक छैन र होइन पनि । भएकोलाई ब्यवस्थित र परिस्कृत गरेर लैजानु उत्तम विकल्प हो ।
सामान्य केही कमजोरी देखेर विकल्प खोज्नु मनासिप मानिदैन बरू समाधानका उपाय खोजिनुपर्छ नेतागनहरूमा यो कुराको चेतना बढोस् र २०११ सालमा स्थापना भएको एयरपोर्टले गति लिने वातावरण बनोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here