- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरदंगीशरणमा निःशुल्क तरकारीको बीउ

दंगीशरणमा निःशुल्क तरकारीको बीउ

- Advertisement -spot_img

दंगीशरण, १८ जेठ ।
दंगीशरण गाउँपालिकामा रहेका २ सय घरपरिवारलाई निःशुल्क विभिन्न जातको तरकारीको बीउ वितरण गरिएको छ ।

सहकर्मी समाज सुर्खेतले दंगीशरण गाउँपालिकाका विभिन्न वडामा रहेका कृषि समूहमा आवद्ध दुईसय घर परिवारलाई विभिन्न नौ प्रजातिका तरकारीका बीउहरू वितरण गरेकोे सहकर्मी समाज दंगीशरण गाउँपालिका सामाजिक परिचालक भिष्मा बिसीले जानकारी दिइन ।

कोरोनाको महामारी नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समय लम्बिदै जाँदा त्यसको असर किसानहरूलाई समेत प्रत्यक्ष रूपमा परेको भन्दै यसअघि पनि सहकर्मी समाजले पालिकाका विभिन्न वडाहरूमा किसानहरूलाई धानको बीउसमेत उपलब्ध गराएको थियो ।

हाल दंगीशरण गाँउपालिकाको वडा नं. १ र २ मा ६४ घरपरिवार वडा नं ३, ४ र ५ मा ७६ घरपरिवार, त्यसैगरी वडा नं. ६ र ७ का कृषि समूहमा आवद्ध ६७ घर परिवारलाई प्रति घर परिवार १ प्याकेटको दरले विभिन्न जातका करिव १ लाख ४० हजार रूपैयाँ बराबरको तरकारीका बीउहरू उपलब्ध गराइएको संस्थाका दाङ संयोजक पुनाराम पन्थीले जानकारी दिए ।

उनका अनुसार किसानहरूलाई वितरण गरिएको तरकारीको प्याकेट्मा सिमी, बोडी, धनिया, खुर्सानी, बन्दा, फुलगोभी, रायोसाग, मुला र टमाटरको बीउ रहेको कार्यक्रम संयोजक पन्थीले जानकारी दिए ।

दंगीशरण गाउँपालिकामा सातवटै वडाका विपन्न बस्तीहरूमा ५२ वटा सामुदायिक समूह र वडास्तरमा सातवटा मूल समिति गठन गरेर काम गर्दै आएको सहकर्मी समाजले विगत तीन वर्षदेखि विकास कोष नर्वेको आर्थिक सहयोगमा दंगीशरण गाँउपालिकामा ‘कोशेली’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तरकारी बीउ वितरण कार्यक्रममा गाउँपालिकामा रहेका वडा अध्यक्ष, कृषि समूहमा आवद्ध पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here