- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsचौध सयलाई कोरोना संक्रमण

चौध सयलाई कोरोना संक्रमण

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, १८ जेठ । कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । ५३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
शनिबारसम्ममा आउँदा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढिरहेको छ । शनिबारमात्रै एकैदिन १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ र आरडीटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको बताए ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ५ सय ७५ र आरडीटी विधिबाट १ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।
१ हजार १ सय ७६ आइसोलेसनमा छन् । शनिबारमात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २ सय १९ पुगेको छ । कोरोना जितेकामध्ये १ सय ७२ पुरूष र ४७ महिला छन् ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
शनिबार केन्द्रीय प्रयोगशालामा परीक्षण गराएकामध्ये कपिलवस्तुका ७७, धनुषाका ७, झापा १, ललितपुर १, महोत्तरीका ४ र रौतहट ६, सर्लाहीका १७ र सिरहाका ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रादेशिक प्रयोगशाला, रूपन्देहीमा भएको परीक्षणमा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
शुक्रबार र शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा ८ जनाको पोजेटिभ आएको छ ।
नारायणी अस्पताल वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ गरेर ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
उनीहरू दैलेखका हुन् । त्यसैगरी विराटनगरको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ । जम्मा संक्रमित संख्या १ हजार ४ सय १ पुगेको हो । शनिबार कोरोना पोजेटिभ पुष्टि भएकामध्ये १ सय ८५ पुरूष र ४ महिला छन् ।
मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ सय ६०, प्रदेश नम्बर २ मा ५ सय ४७, बागमती प्रदेशमा ४५ र गण्डकी प्रदेशमा २० जना संक्रमित छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ४७, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा २१ जना गरी १ हजार ४ सय १ जना संक्रमित छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here