- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरमहामारी अन्त्यपछिको परिवर्तन

महामारी अन्त्यपछिको परिवर्तन

- Advertisement -spot_img

विश्व अहिले कोभिड–१९ महामारीको चपेटामा छ, युद्धरत छ, शिथिल छ । नेपाल पनि यो महामारीमा अछुत हुने कुरै भएन । अहिले सबैको एउटै पीर छ ।
कतै यो महामारीले मरिन्छ कि ? प्रश्न एउटै छ , कहिले हुन्छ यो महामारीको अन्त्य ? कुनै संक्रमण र रोग धेरै देशहरूमा एकसाथ देखिन्छ वा विश्वव्यापी प्रसार हुन्छ भने त्यसलाई महामारी भनिन्छ ।
कोरोनाभाइरस विज्ञान र स्वास्थ्य जगत्का लागि नयाँ नाम भने होइन । प्रकृतिका विभिन्न जीवहरूसँगै मिलेर बसेको यो भाइरसले मानव जातिलाई लामो समयसम्म नोक्सान पु¥याएको पनि थिएन ।
मानव सभ्यताको इतिहासदेखि नै विभिन्न समयमा कयौंपटक प्राकृतिक विपत्ति, महामारी, भोकमरी र युद्धजस्ता प्राकृतिक तथा मानव निर्मित संकटका कैयौं घटनाहरू घटेका छन् ।
यस्ता संकटहरूको सामना गर्दै, समायोजन हुँदै कति हाम्रा कति पूर्खाहरू बिते होलान् ? इतिहासले के देखाउँछ भने आदिम कालदेखि आधुनिक युगसम्म २४ महामारी भएको छ ?
कोभिड–१९ को महामारीले अहिले विश्व भरीनै भयवित बनाएको छ । यतिबेला मानवजातिले विश्वभर संकट सामना गरिरहेको छ । सायद कोभिड–१९ हाम्रो पुस्ताकै सबैभन्दा ठूलो महामारी हो ।
महामारीको इतिहास पढ्दा अहिलेसम्म आदिमकालदेखि अहिलेको कोभिड–१९ महामारीसम्म २४ महामारी भएको छ । प्रागैतिहासिक महामारी, एथेन्सको प्लेग, एन्टोनाइन प्लेग, साइप्रियन प्लेग, जस्टिनियन प्लेग, कालो मृत्यु, अमेरिकन प्लेग, ग्रेट प्लेग अफ लण्डन,
ग्रेट प्लेग अफ मार्सेल, रसियन प्लेग, स्पेनिस फ्लू, बिफर, बिफर, एचआइभी–एड्स, स्वाइनफ्लु, पश्चिमी अफ्रिकन इबोला, एशिएन फ्लू, हङ्कङ फ्लू, सार्स कोरोना, मर्स कोरोना, जिका भाइरस, औंलो र अहिले कोभिड–१९ महामारी ।
पछिल्लो समय ५० वर्ष यताको मात्र महामारीलाई लिने हो भने एड्स, इबोला, सार्स, मर्स, स्वाइन फ्लूलगायत थुप्रै रोग हामीले व्यहोर्नु परेको छ ।
महामारीले ठूलो जनधनको क्षति मात्र गरेको छैन, केही नयाँ आविष्कार, सामाजिक परिवर्तन र प्रतिभाशाली व्यक्तिलाईसमेत जन्म दिएको इतिहास छ । हरेक महामारीले युरोपलाई बाँकी राखेको छैन । इटाली त पटक–पटक तारो बन्दै आएको छ ।
यतिबेला कोरोनाभाइरस महामारीका रूपमा फैलिएको छ । मानव समुदाय भयवित छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ ।
मानव जातिका लागि यस्ता महामारी नौला भने होइनन् । हरेक पटक त्यस्ता महामारी नियन्त्रण गर्न मान्छेले गरेका अनुसन्धानबाट प्राप्त उपलब्धिले धेरै पाठ सिकाएको छ । यस्ता महामारीले विश्वमा आमूल परिवर्तन मात्र ल्याएको छैन, केही प्रतिभाशाली व्यक्तिहरू पनि छाडेर गएको छ ।
युरोपमा सन् १६५–१८० मा फैलिएको एन्टोनी प्लेग महामारीले दैनिक दुई हजारको ज्यान गएको थियो । महामारीका कारण रोमन सैन्यदस्ता धराशयी भयो ।

जग्गाको चक्लाबन्दीमा जोड दिई कृषियोग्य भूमिको संरक्षण गर्नुपर्दछ । भूमि बैंकको कानुनी व्यवस्था गरी कृषिमैत्री भूउपयोग नीति निर्माण गर्नुपर्दछ । कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि सामग्री र कृषि प्रसारलाई एउटै छाताभित्र राखी सञ्चालन गर्नुपर्दछ । अब वैदेशिक रोजगारीबाट स्वदेश फर्कने युवाका लागि सबैभन्दा भरपर्दो रोजगारीको माध्यम भनेको व्यावसायिक कृषि नै हो । यसबाट अबका दिनमा आइपर्ने बेरोजगारीको संकटलाई यसैबाट हल गरी रेमिट्यान्समुखी अर्थतन्त्रलाई विस्थापित गर्नुपर्दछ ।


विस्तारै इसाई धर्मको प्रचारप्रसारमा मद्दत पुग्यो । रोमन साम्राज्यको पतन गर्न यसको ठूलो भूमिका रहेको इतिहासकारहरू बताउँछन् । महामारी नियन्त्रणमा अहिलेजस्तो उपचार पद्धतिको विकास नभइसकेकाले धेरै शताब्दीसम्म यसको प्रकोप फैलिएको थियो । महामारीबारे मानिसलाई पहिलोपटक जानकारी प्राप्त भएको एन्टोनी प्लेग नै थियो ।
सन् १३४७ देखि १३५१ सम्म युरोपभर फैलिएको यो महामारीलाई ब्युबोनिक प्लेग पनि भनिन्छ । यो महामारीले युरोपभर ५ करोडभन्दा बढीको ज्यान लिएको थियो ।
महामारी सत्रौं शताब्दीसम्म फाट्टफुट्ट देखापरेको इतिहास छ । भनिन्छ, ब्ल्याक डेथले मृत्यु भएका मानिसको कपडाबाट कागजजस्तो छाप्न मिल्ने कपडा बनाएर जर्मन नागरिक गुटेन वर्ग (१४००–१४६८) ले बनाएको प्रिन्टिङ प्रेसले आमसञ्चारमा ठूलो क्रान्ति ल्यायो ।
ब्ल्याक डेथका कारण इटालीमा धेरै मानिसको ज्यान गएको थियो । इटालीपछि फ्रान्स, उत्तरअफ्रिका, स्पेन, अस्ट्रिया, हंगेरी, स्विजरल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स हुँदै यो महामारी सन् १३४९ मा बेलायत पसेको थियो । महामारी फैलिएपछि धेरै शिक्षण संस्था अनिश्चित समयका लागि बन्द गरी छात्रछात्रालाई घरमै राखिएको थियो ।
तीमध्ये एक थिए–सर आइज्याक न्युटन (४ जनवरी १६४३–३१ मार्च १७२७) फुर्सदमा बगैंचातिर बरालिदा स्याउको बोटबाट दाना खसेर न्यूटनको थाप्लामा ठोकिन पुगेछ ।
कसैले झट्टी हान्यो भनेर चारैतिर हेर्दा कतै पनि कोही नदेखेपछि उनलाई त्यो स्याउ किन तल खस्यो ? किन माथि गएन भनेर जिज्ञासा चलेछ ? खोज्दै बुझ्दै जाँदा न्यूटनले ब्रह्माण्डमा भएका हरेक पिण्डमा आकर्षण शक्ति भएको र त्यो शक्ति गुरूत्वाकर्षण शक्ति भएको पत्ता लगाए ।
महामारीकै बेला बेलायतका महान् नाटककार विलियम सेक्सपिय (१५६४–१६१६) ले घरै बसेर सयौं कविता र दर्जनौं नाटक रचना गरे । उनी अंग्रेजी भाषाका कवि एवम् नाटककार विश्वविख्यात साहित्यकारको सूचिमा अग्रणी छन् ।
यतिमात्र होइन, महामारीपछि युरोपको जीवनशैलीमा आमूल परिवर्तन आएको थियो । इतिहासविद् चाल्र्स भ्यान डोरन भन्छन्, मृतकको संख्या धेरै भएकाले धनसम्पत्ति, खेती, घरबार सारा स्वामित्वविहीन भएका थिए । महामारीमा बाँच्नेहरू तत्काल आफूले सोचेभन्दा कैयौं गुणा धनी भए ।
कामदारको अभाव हुन थाल्यो । कामदारले भनेजति ज्याला पाउन थाले । किसान कम भएका कारण कृषि उत्पादनको माग धेरै हुन थाल्यो । थोरै जनशक्तिले धेरै उत्पादन गर्नुपर्ने बाध्यता आयो । मान्छेको श्रमले मात्रै उपभोग्य वस्तु उत्पादन गर्न सकिएन ।

उत्पादनका साधनमै आमूल परिवर्तन ल्याउनुपर्ने बाध्यता पनि सिर्जना भयो । समाज विस्तारै साधारणयन्त्र र प्रविधिको विकासमा अघि बढ्न थाल्यो । यसरी युरोपको मध्ययुगीन सामन्ती समाज कोल्टो फेर्दै औद्योगिक समाजतर्फ अग्रसर भयो ।
इतिहासमा महामारीहरू विभिन्न समयमा पटक–पटक आएका छन् । आगामी दिनमा पनि महामारी आउन सक्दैनन् भन्न सकिने अवस्था छैन । यस्ता महामारीबाट नै संसारका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, प्राविधिक,
धार्मिक क्षेत्रमा उथलपुथलसहित परिवर्तन आउने गर्दछन् । यस्तै उथलपुथलका बीचबाट मानव समुदाय निरन्तर अगाडि बढ्ने गर्दछ । यहि निरन्तरता, गतिशीलता र परिवर्तन नै समाज विकासको नियम हो ।
संकट नै क्षमता देखाउने अवसर पनि हो । कोरोना महामारीको विश्वव्यापी संकटले केही नयाँ बाटा खोल्न सक्छ र धेरै क्षेत्रमा परिवर्तन हुन्छ । नेपालमा विदेशमा रोजगारीका लागि गएका धेरै युवाहरू स्वदेशमा फर्कनेछन् ।
यसले गर्दा रेमिट्यान्स घट्ने र बेरोजगारी बढ्ने आँकलन त छँदै छ । तर, स्वदेश फर्किएका युवाहरूलाई यही बेला नेपालमै गरिखाने अवसर सिर्जना गर्नसके हामी यस विपत्तिलाई अवसरमा परिवर्तन गर्न सक्दछौँ ।
महामारीको अन्त्यपछि सर्वप्रथमत विश्वले चरम आर्थिक मन्दी खेप्नुपर्ने तर्कहरू पनि आएका छन् । आर्थिक मन्दीका कारणले मानिसहरूको आवतजावत र व्यापार प्रभावित हुनेछन् । विश्वको वातावरणीय अवस्थामा केही सुधार हुनेछ ।
विश्व आर्थिक मञ्चका अनुसार विगत महिनाको तुलनामा हावाको प्रदूषण घटेको र गुणस्तर बढेको छ । हरेक राष्ट्रको वातावरण र जलवायु परिवर्तन र संरक्षणसम्बन्धी काममा लगानी बढ्नेछ ।
मानिसहरूको जीवनमा पैसाको भन्दा धर्ती र आकाश अनि माटो र पानीको महत्व बढेर जानेछ ।
राज्यले भौतिक विकासमा मात्र नभई सामाजिक विकास खासगरी शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछ ।
सरकारका निकायहरू जस्तै स्वास्थ्य मन्त्रालय प्राकृतिक र दैवी विपत्तिका लागि सधैं तम्तयार रहनेछन् । सामाजिक रूपमा हेर्दा पनि धेरै कुराहरूमा परिवर्तन आउने सम्भावना छ ।
सीमित समयका लागि काम गर्ने प्रथा बस्नेछ । नगद कारोबार घटेर विद्युतीय विधिमा भर परिनेछ । अनलाइन सेवाहरू, बिटक्वाइन, इ–कमर्स, इ–पे,टेलि–हेल्थरटेलि–मेडिसिन, भर्चुअल बैठकहरू आदिको प्रयोग बढ्नेछ । सार्वजनिक कार्यक्रमहरू, समूहगत खेलकुद, साप्ताहिक हाटबजारजस्ता गतिविधिहरू प्राय बन्द हुनेछन् ।
समाजमा देखावटी रूपमा गरिने भिडभाड हुने खालका भोजभतेर र साँस्कृतिक कर्मकाण्ड निरूत्साहित हुनेछन् । प्रकृतिको स्याहार र सम्भारमा जोड गरिनेछ ।
परम्परागत र प्राकृतिक खेती प्रणाली, खानपिन र घरेलु तथा परम्परागत औषधी उपचारमा मानिसहरू फर्कने छन् । मांसाहारीको संख्या घट्ने छ र साकाहारीहरू बढ्नेछन् । सामुदायिक सरसफाईमा र स्वास्थ्यमा उच्च सतर्कता अपनाइनेछ ।
तर यसको प्रभावले मनोसामाजिक मानसिक स्वास्थ्य समस्या बढ्नेछ । मानिसहरूको दैनिकीमा आमूल परिवर्तन आउनेछ र धेरै मानिसहरूमा विकास र समृद्धिलाई हेर्ने चेत फर्किनेछ । मानिसहरू विदेशबाट नेपाल र शहरबाट गाउँ फर्कने छन् ।
पारिवारिक रूपमा पनि मानिसहरू बढी समय घरमा बिताउनेछन् । यसले परिवारका सदस्यहरूमा आपसी सम्बन्ध राम्रो हुनेछ । यसबाट एकातिर मेलमिलाप बढ्नेछ तर यसको विपरीत घरेलु हिंसा बढ्न सक्ने पनि उत्तिकै खतरा छ ।
हरेक व्यक्तिले मानव जीवनको महत्व बुझ्नेछ । मानिसहरू व्यक्तिगत स्वास्थ्य र सरसफाईप्रति बढी नै सजग रहनेछन् । महामारीपछि हाम्रो समाजमा धेरै कुरामा परिवर्तन आउने छ ।
हरेक व्यक्तिका दैनिक जीवनशैलीदेखि राज्यको नीति, कार्यक्रम र प्राथमिकतामा पनि सचेततापूर्वक परिवर्तन हुनेछ ।
समाज विकासको क्रममा नेपालीले आफ्ना लागि आवश्यक खाद्यान्न आफै उत्पादन गर्दै आएका थिए । आजभन्दा ४० बर्ष अगाडिसम्म नेपालले आफ्नो उत्पादन भएका कृषिजन्य वस्तुहरू निर्यातसमेत गर्दै आएको थियो । ती कुरा अहिले कथा भएका छन् ।
अहिले नेपालमा काम गर्ने उमेरको जनसंख्या २ करोड ७ लाख ४४ हजार छ । तर यीमध्ये करिब ९० लाख ८० हजार बेरोजगार छन् । तीमध्ये पनि करिब १७ लाख ६९ हजार दैनिक ज्यालादारी श्रमिक छन् । यसका कारण लाखौंलाख युवाहरू रोजागारीको लागि विदेशी राष्ट्रलाई आफ्नो गन्तव्यको रूपमा लिन बाध्य छन् ।
उत्पादनमूलक ब्यवसाय राज्यले दिन रोजगारीका अवसरहरू देशभित्र भएन र बेरोजगारीको संख्यामा वृद्धि हुँदै गयो । जुन कारणले रोजगारीका निम्ति वा अवसरको खोजीमा ठूलो संख्यामा नेपाली युवाहरू विदेशीनु पर्ने अवस्थाको सिर्जना भयो ।
महामारीले गर्दा विदेशमा रहेका हजारांै युवायुवतीको स्वदेश फर्किने क्रम बढ्दै छ । अब विदेशबाट फर्किएका युवा जनशक्तिलाई उत्पादन या रोजगारीमा जोडन सकेनौं भने यसको परिणाम के हुन्छ अहिल्य भन्न सकिदैन् ।
नेपालको सरकार बिगतदेखि नै यहिनिर चुकेको छ । हामीले शिक्षालाई उत्पादन, आविष्कार र श्रमसँग जोड्नै सकेनौं । हाम्रा शैक्षिक संस्थाहरूलाई बेरोजगार जनशक्ति वा अन्तर्राष्ट्रिय श्रमिक उत्पादन गर्ने थलोको रूपमा मात्र विकास गरियो ।
अब यो महामारीले सरकारलाई ठूलो पाठ सिकाउने छ । अबको शिक्षा रोजगारमूलक बनाउनुपर्दछ । निर्वाहमुखी, गुजारामुखी कृषि प्रणालीबाट व्यवसायिक कृषि प्रणालीमा रूपान्तरित गर्दै प्रत्येक बेरोजगार युवायुवतीहरूलाई रोजगार दिने ब्यवस्था गर्नुपर्दछ ।
महामारीको अन्त्यपछि पहिलो असर खाद्यान्नमा पर्ने देखिन्छ । किनकी हामी आयातमा भर पर्दै आएका छौं । जसले गर्दा अब भोकमरीको सुरूवात नहोला भन्न सकिदैन ।
आदिकालदेखि मानव सभ्यताको विकासको आधार भनेको कृषि प्रणाली नै हो । १८औँ शताब्दीमा युरोपमा शुरू भएको औद्योगिक क्रान्ति र त्यसको आसपासमा भएका प्रविधिगत बिकासले मानिसको राजनीतिक,
सामाजिक तथा व्यक्तिगत जीवनमा महत्वपूर्ण प्रभाव परेको छ । नेपालको लागि विकासका प्रमुख आधार भनेकै कृषि, उर्जा र पर्यटन क्षेत्र हुन् ।
तसर्थ उर्जा र पर्यटन विकासलाई निरन्तता दिदै आर्थिक विकासको मुख्य आधारका रूपमा कृषिलाई व्यावसायीकरण र यान्त्रिकिकरण बनाउँदै कृषिलाई नै केन्द्रविन्दुमा राखेर योजना निर्माण गर्नु आजको आवश्यकता हो ।
कृषिका लागि आवश्यक पर्ने बीउबिजन, मल समयमा नै उपलब्ध गराउँदै यसमा रहेका समस्या निराकरण गर्दै उचित बजार व्यवस्थापन गर्ने, बिचौलिया संस्कृतिको अन्त्य गर्नुपर्दछ । मुख्यकुरा त किसानले कृषी पेशा गरेर नाफा कमाउने ग्यारेन्टी हुनुपर्दछ ।
सरकारले कृषकलाई जमिनको पहुँचमा पु¥याउन व्यक्तिगत बाँझो जग्गा र बोट बुट्यान नभएका सरकारी जग्गाको लगत लिइ त्यस्तो जमिनको उपयोगीता बढाउने कृषि नीति ल्याउनुपर्दछ ।
उपयोग नभएका जग्गाका धनीहरूसँग समन्वय गरी कृषकले सहज तरिकाले कृषि उत्पादनको लागि उपयोग गर्न पाउने वातावरण बनाउनुपर्दछ ।
जग्गाको चक्लाबन्दीमा जोड दिई कृषियोग्य भूमिको संरक्षण गर्नुपर्दछ । भूमि बैंकको कानुनी व्यवस्था गरी कृषिमैत्री भूउपयोग नीति निर्माण गर्नुपर्दछ ।
कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि सामग्री र कृषि प्रसारलाई एउटै छाताभित्र राखी सञ्चालन गर्नुपर्दछ । अब वैदेशिक रोजगारीबाट स्वदेश फर्कने युवाका लागि सबैभन्दा भरपर्दो रोजगारीको माध्यम भनेको व्यावसायिक कृषि नै हो
यसबाट अबका दिनमा आइपर्ने बेरोजगारीको संकटलाई यसैबाट हल गरी रेमिट्यान्समुखी अर्थतन्त्रलाई विस्थापित गर्नुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here