- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरचार कैदी रिहा

चार कैदी रिहा

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम (पश्चिम), १८ जेठ । रूकुम पश्चिम जिल्ला कारागार कार्यालयबाट गणतन्त्र दिवसको अवसरमा चारजना कैदी रिहा भएका छन् ।
५० प्रतिशत कैद भुक्तानी गरेका उनीहरूलाई नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरेर रिहा गरेको कारागार कार्यालयले जनाएको छ ।
रिहा हुनेहरूमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका बलजीत कामी, रूकुम आठबिसकोट नगरपालिकाकै खड्कबहादुर विक, सिन्धुली हरिहरका रामकुमार शंकर र सल्यान कालिमाटीका भोलाप्रसाद थापा रहेको जिल्ला कारागार रूकुम पश्चिमका जेलर गौमता पुनले जानकारी दिइन् । उनीहरू सवारी र खोटाचलन लगायतका मुद्दामा जेल चलान भएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवस तथा गणतन्त्र दिवसको दिन जघन्य अपराध गरेकाबाहेक अन्य प्रकृतिका कैदीहरूको ५० प्रतिशत कैदी मिनाहा भएका र अन्य चालचलन राम्रो भएको मूल्यांकनको आधारमा बाँकी कैद मिनाह गरेर रिहा गरिदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here