- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरक्याम्पसद्वारा क्वारेन्टाइनमा खाजा

क्याम्पसद्वारा क्वारेन्टाइनमा खाजा

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १८ जेठ । सल्यानको बनगाड क्याम्पसले क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई खाजाको व्यवस्था गरेको छ । क्वारेन्टाइनमा बसेका २ सय १७ जनालाई क्याम्पसले खाजाको व्यवस्था गरेको हो ।
बन्दाबन्दीको बीचमा सयौंका सख्ंयामा भारतबाट नागरिकहरू जिल्ला भित्रिरहेका छन् । भित्रिएका सबैलाई पालिकाहरूले क्वारेन्टाइनमा राख्दै आइरहेका छन् ।
क्याम्पसको क्वारेन्टाइनमा रहेका १ सय ५७ रहेका र सरस्वती प्राथमिक विद्यालय सुनौलीको क्वारेन्टाइन रहेका ६० जनालाई खाजा सहयोग गरिएको क्याम्पसले जनाएको छ ।
बनगाड क्याम्पस बनगाड परिवारको तर्फबाट आफ्नो घरमा आएका पाहुनालाई स्वागत गरेको बनगाड क्याम्पस सञ्चालक समिति अध्यक्ष कर्णबहादुर बुढाथोकीले बताए ।
अहिले समयले भन्दा पनि बाध्यताले क्वारेन्टाइन बस्नुपर्ने भएकाले त्यसलाई अन्यथा नमान्नसमेत अध्यक्ष बुढाथोकीले बताए ।
क्याम्पसले क्वारेन्टाइनमा बसी रहेका व्यक्तिहरूका लागि अण्डा, चनाको व्यवस्था गरेको छ । अध्यक्ष कर्णबहादुर बुढाथोकी, उपाध्यक्ष गणेश विसी, सदस्य कीर्तिबहादुर राणा, वडा अध्यक्ष पुरूषोत्तम आचार्य, क्याम्पस प्रमुख गणेश चन्द, प्राध्यापक पुष्कर विसीलगायतको उपस्थिति रहेको थियो ।
अन्य समाजसेवीले पनि खाजाको व्यवस्था गरिरहेका छन् । यसैबीच नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा बसेकाहरूलाई सक्दो सहयोग गर्न नगरप्रमुख गोविन्द कुमार पुनले आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here