- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरमृतकका परिवारलाई सहयोग

मृतकका परिवारलाई सहयोग

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), १८ जेठ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीगाउँको घटनामा ज्यान गुमाएका चौरजहारी नगरपालिका–१ निवासी टिकाराम नेपालीका परिवारलाई किरिया खर्चस्वरूप सहयोग रकम प्रदान भएको छ ।
रूकुम निवासी राष्ट्रियसभा सदस्य ठकेन्द्र प्रकाश पुरी, संघीय सांसद तिर्था गौतम, जाजरकोटका नेपाली काँग्रेसका नेता राजिव विक्रम शाह, नेपाली कांग्रेस रूकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली र चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले पीडित परिवारलाई किरिया खर्च स्वरूप सहयोग उपलब्ध गराएको पीडित परिवारले जनाएको छ ।
टिकारामको परिवारलाई किरिया खर्चका लागि भन्दै एकलाख रूपैयाँ सहयोग प्राप्त भएको बताइएको छ । यसअघि शुक्रबार चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले मृतकका परिवारजनलाई ३० हजार र खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।
त्यसै गरी राष्ट्रियसभा सदस्य ठकेन्द्र प्रकाश पुरीले १० हजार, संघीय सांसद तिर्था गौतमले १० हजार, कांग्रेस नेता राजिव बिक्रम शाहले २५ हजार र नेपाली कांग्रेस रूकुमका सभापति प्रेम प्रकाश ओलीले २५ हजार सहयोग प्रदान गरेका छन् ।
सहयोगी सबै व्यक्तिहरूले टिकाराम लगायत उक्त घटनामा मारिएका परिवाजनले न्याय पाउनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् ।
उनीहरूले उक्त घटना अकल्पनीय र बर्बरतापूर्ण रहेकोले घटना अनुसन्धान प्रक्रियामा सहयोग गरेर पीडितलाई कारबाही गराएरै छाड्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here