- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरमहिला सामुदायिक केन्द्रको विरोध

महिला सामुदायिक केन्द्रको विरोध

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १८ जेठ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीले रूकुम पश्चिममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी नेपाली समुदायको शिर झुकाउने गरी भएको हत्या घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याएर कारवाही गर्नसमेत सरकारसँग माग गरिएको छ । सामान्य विषयले छजनाको ज्यान लिएको भन्दै संस्थापक अध्यक्ष योगीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘पीडितलाई न्यायको महसुुस हुने गरी सक्रियता बढाउन सरकारसँग माग गरिएको छ ।’
यस्तै नेपाल सार्की समाज दाङले रूकुम पश्चिममा जातीय विभेदका कारण पाँचजनाको निधन भएको र एकजना बेपत्ता हुने गरी भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाजका अध्यक्ष देवकुमार सार्कीले विज्ञप्ति जारी ध्यानाकर्षण भएको जनाएका हुन् ।
रूकुम पश्चिममा भएको घटनामा ज्यान गुमाएकाहरूलाई उचित क्षतिपूर्तिसँगै सामाजिक शहिद घोषणा गर्न र घटनामा संलग्न दोषीलाई तत्काल कानुन बामोजिम कारबाही गर्न माग गरिएको छ । घटनाको तत्काल समाधानका लागि ढुलासुुस्ती नगर्न सरकारसँग माग गरिएको छ ।
साथै छानबिन समितिले निष्पक्षरूपमा प्रतिवेदन तयार पारी सार्वजनिक गर्ने विश्वास विज्ञप्तिमा गरिएको छ ।
त्यस्तै राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य सञ्जिव छिनालले रूकुम पश्चिममा भएको घटनाका दोषी तथा हत्याराहरूलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । एक विज्ञप्ति जारी गरी कार्यपालिका सदस्य छिनालले यस्तो माग गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here