- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयभिटिएम व्यवस्थापन गर

भिटिएम व्यवस्थापन गर

- Advertisement -spot_img

सम्पादकीय
भारतलगायत विभिन्न जिल्लाबाट नागरिक भित्रिन थालेपछि प्रायः सबै जिल्लाका क्वारेन्टाइन भरिन थालेका छन् । दाङका दश स्थानीय तहका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा मात्रै साढे चार हजार नागरिक बसेका छन् । यो क्रम दिन प्रतिदिन बढिरहेको छ ।
सिमा नाकामा अलपत्र परेका नागरिकलाई सम्बन्धित पालिकाले दैनिक उद्दार गरी क्वारेन्टाइनमा राखिरहेका छन् । क्वारेन्टाइनमा बस्ने नागरिकको संख्या बढ्दै गएको अवस्थामा उनीहरूलाई कोरोना भए/नभएको परिक्षण गर्नका लागि स्वाव संकलन गर्ने भाँडो भिटिएमको अभाव देखिन थालेको छ ।
अहिलेसम्म संघ तथा प्रदेश सरकारले उपलब्ध गराएको भिटिएमबाट स्वाव संकलन भएपनि अब भने शून्य अवस्थामा पुगिसकेको सार्वजनिक हुनुले व्यवस्थापनमा सरकार चुकेको देखिन्छ । कतिपय स्थानीय तहले खरिद गरेर काम स्वाव संकलन गर्ने कार्यलाई निरन्तरता दिएका छन् । कतिपय खरिद गर्ने प्रक्रियामा रहेका छन् ।
दाङमा तत्कालकै अवस्थामा कम्तिमा पनि ५ हजार भिटिएम आवश्यक छ तर अभाव हुँदा स्थानीय तहलाई व्यवस्थापन गर्न समस्या भएको छ । कोरोना महामारीको नियन्त्रण तथा रोकथामा जुटिरहेका स्थानीय तह आफैले भिटिएम खरिद गर्दा झन् ढिलाई हुने गरेको छ ।
संघ तथा प्रदेश सरकार अधिकांश जिम्मेवारी स्थानीय सरकारलाई दिएर पन्छिन खोजेको जस्तो देखिन्छ । काठमाडौंमा मात्रै पाइने हुँदा ल्याउन झनै ढिला हुने देखिएको छ ।
भिटिएम पर्याप्त नहुँदा क्वारेन्टाइनमा बसेकालाई लामो समय राख्दा खर्च व्यवस्थापनमा झन समस्या देखिएको छ । क्वारेन्टाइनमा बसेकाले कहिले स्वाव संकलन हुन्छ भनेर दिनदिनै सोध्ने गरेका छन् तर स्वाव संकलन गर्ने भिटिएम नहुँदा उनीहरूलाई दिने जवाफ छैन् ।
भिटिएमको पर्याप्त नहुँदा क्वारेन्टाइनमा बसेकाहरूलाई लामो समय राख्नुपर्छ । जसले गर्दा क्वारेन्टाइनको क्षमताभन्दा बढी नागरिक भित्रिन थालेपछि व्यवस्थापनमा झनै चुनौती देखिन्छ भने क्वारेन्टाइनमै नागरिकले मृत्युवरण गर्नुपर्ने अवस्था हुनसक्छ ।
देशका विभिन्न ठाउँमा अहिले पनि कतिपय व्यक्तिको स्वाव जाँच नहुँदै क्वारेन्टाइनमै मृत्यु भएका खबरहरू नआएका होइनन् । आवश्यक सामग्री समयमै व्यवस्थापन गरी स्वास्थ्य परिक्षण समयमै भएमा क्वारेन्टाइनमा बसेकाहरू पनि ढुक्क हुने थिए । स्थानीय सरकारलाई खानपिन लगायतका व्यवस्थापनमा पनि बोझ कम हुने हुन्छ ।
विपद्को पूर्वतयारी हुनुपर्छ । कोरोना जस्तो विशव महामारी लिएको रोगमा झनै सर्तकता आवश्यक थियो । तर मुख्य काम नै विना तयारी भएको पाइएको छ ।
स्थानीय सरकारले भिटिएम खरिद प्रक्रियामा गइरहेको पनि बताएका छन् तर समयमै आउँछन् कि आउँदैन् यसै भन्न सकिने अवस्था छैन् ।
समस्या दिनप्रतिदिन विकराल बन्दै गएको अवस्था अतिआवश्यक वस्तुको अभाव हुनु राम्रो हैन । यसतर्फ तीन तहकै सरकार लागेर व्यवस्थापनमा चनाखो बन्नुपर्छ । तत्काल व्यवस्थापन गरी आपूर्ति सहज गराउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here