- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsम सरल बिर्सिएको मान्छे

म सरल बिर्सिएको मान्छे

- Advertisement -spot_img

हिजो, जोड, घटाउ, गुणन र भाग
सबै जानेर नै सरल गर्न सकेकी हुँ
तर आज
तिम्रो अनि मेरो एक–एक मुटु जोडेर
एउटै मुटु हुने सपना देख्छु
सायद तिमी बिना
जीवन असरल भइरहदा ,
सरल भित्र पर्ने
ती जोड, घटाउ, गुणन र भाग
सबै–सबै बिर्सिएछु !
तर तिमी त
म बिना अझै सरल भएको मान्छे
बिर्सिएका रहेनछौं
सरलका ती असरल शुत्रहरू
बरू अझै दोब्बर जान्ने पो भएछौ
तर म त सरल बिर्सिएको मान्छे
ती जोड, घटाउ, गुणन र भाग
सबै–सबै बिर्सिएछु !
तिमीले त
मप्रति माया घटाउन जानेछौं
मनमा अर्कैलाई जोड्न जानेछौं
दुगुना माया अर्कैलाई दिई
मलाई छोड्न जानेछौ
अनि भाग गर्दै–गर्दै
शेषको अवशेष पनि नराखी
बन्द गरेछौं, तिम्रो अनि मेरो
प्रेमिल हिसाबको कारोबार
अनि बन्द गरेछौं,
हाम्रो प्रेमले भरिएको प्रेमिल खाता
सधैं सधैंको लागि
तर म त सरल बिर्सिएको मान्छे
ती जोड, घटाउ, गुणन र भाग
सबै–सबै बिर्सिएछु !
र त यो मनमा
तिम्रो माया घटाउन सकिन कहिल्यै
अर्कैको माया जोड्न पनि सकिन
न त गुणन नै गर्न सके
तिमीलाई विश्वास गरेर,
तिम्रो भागमा सुम्पेको यो मन,
फेरी अर्कैलाई भाग लगाएर
भागिदार बनाउन सकिन मैले
किनकि म त
जोड, घटाउ, गुणन, भाग
सबै–सबै बिर्सिएको मान्छे !
म त सरल बिर्सिएको मान्छे !

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here