- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsदाङमा भिटिएम अभाव

दाङमा भिटिएम अभाव

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १७ जेठ । कोरोना भए/नभएको परिक्षण गर्नका लागि स्वाव संकलन गर्न आवश्यक सामग्री भिटिएम दाङमा अभाव भएको छ । केन्द्र तथा प्रदेश सरकारले उपलब्ध गराउँदै आएको स्वाव संकलन गर्ने भाँडो (भिटिएम) को अभाव भएपछि कतिपय स्थानीय सरकारले आफै किनेका छन् भने कतिपय स्थानीय सरकारले खरिद गर्ने प्रक्रियामा रहेका छन् ।
स्वाव संकलन गर्ने भिटिएम नहुँदा क्वारेन्टाइनमा बसेकाहरूको परिक्षण रोकिने अवस्था भएपछि आफैले २ सय भिटिएम खरिद गरेको राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । ‘क्वारेन्टाइनमा बसेकाहरूले हाम्रो कहिले परिक्षण हुन्छ ?
भनेर सोधिरहने हामीलाई पनि क्वारेन्टाइनमा धेरै दिन राख्न समस्या भएको छ’ उनले भने– ‘केही उपाय नचलेपछि आफैले दुईसय भिटिएम किनेका छौँ, भारतबाट आउनेको संख्या दैनिकरूपमा बढिरहेको छ, अझै अरू पनि खरिद गर्ने अवस्था आउन सक्छ ।’
केन्द्र सरकार र प्रदेश सरकारले समयमा भिटिएम उपलब्ध गराउन नसक्दा समस्या परेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए ।
‘अहिलेसम्म मागेर काम चलाएका छौँ, शुक्रबारमात्रै ७१ जनाको स्वाव संकलन गरिएको छ, अब हामीसँग मौज्दात शून्य नै छ’ उनले भने– ‘गाउँपालिकामा अहिले तत्कालै एकसय भिटिएम चाहिएको छ, नपाएपछि खरिद गर्ने प्रक्रियामा छौँ ।’
भारतलगायत विभिन्न जिल्लाबाट आएका नागरिक क्वारेन्टाइनमा भरिन थालेपछि कोरोना परिक्षण गर्नका लागि स्वाव संकलन गर्ने भाँडो (भिटिएम) नहुँदा समस्या भएको हो ।
संघ र प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको स्थानीय सरकारका प्रमुखले गुनासो गरेका छन् ।
लमही नगरपालिकाका प्रमुखले केन्द्र सरकारले नै स्थानीय सरकार आफैले भिटिएम खरिद गर्ने भनेपछि आफूहरू पनि खरिद गर्ने प्रक्रियामा रहेको बताए ।
‘अहिले हामीले तत्काल एक हजार थान भिटिएम खरिद गर्ने प्रक्रियामा छौँ’ उनले भने– ‘संक्रमित भेटिएपछि उनीहरूसँगै आएका, सँगै बसेकाहरूको तत्काल परिक्षण गर्नुपर्ने तर भिटिएम नहुँदा समस्या रहेको छ ।’
माथिल्लो सरकार सबै स्थानीय सरकारको भरपर्ने गरेको उनले बताए । ‘हामीले क्वारेन्टाइनमा बस्नेहरूलाई खान, बस्नदेखि स्वाव संकलन गर्ने भिटिएमसमेत आफै किन्नुपरेको छ’ उनले भने– ‘पुँजी र स्रोतले कतिसम्म भ्याउँछ, त्यति गर्ने हो ।’
तुलसीपुरमा पनि अहिले तत्काल पाँचसय भिटिएम आवश्यक रहेको तुलसीपुर उपमहानगर–पालिकाका कोभिड–१९ फोकलपर्सन बिमल केसीले जानकारी दिए । ‘स्वास्थ्य कार्यालय तथा प्रतिष्ठानबाट प्राप्त भिटिएमले १ सय ७ जनाको स्वाव संकलन गरेका छौँ,
अरू त अब खरिद गर्ने प्रक्रियामा छौँ’ उनले भने– ‘काठमाडौंबाट नै हो ल्याउने, अब अहिले पाँचसय जति मागेका छौँ ।’ तुलसीपुरमा पनि दैनिकजसो भारतबाट आउने नागरिकको संख्या बढिरहेकोले क्वारेन्टाइन भरिदै जान थालेको उनले बताए ।
त्यस्तै बबई गाउँपालिकामा तत्काल एक हजार थान भिटिएम आवश्यक रहेको गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलले जानकारी दिए । ‘भिटिएम आफै किन्नु भनेर माथिल्लो सरकारले भनेको छ, अहिले एक हजार थान भिटिएम ल्याउने प्रक्रियामा रहेको छ’
उनले भने–‘भिटिएम पर्याप्त नहुँदा स्वाव संकलनको काम प्रभावित त भएको छैन्, तर अझै पनि नहुने हो भने समस्या आउन सक्छ ।’
यस्तै दंगीशरण गाउँपालिकामा दुईसय, बंगलाचुली गाउँपालिकामा एक हजार, गढवामा दुईसय भिटिएम आवश्यक रहेको स्थानीय सरकारका प्रमुखहरूले बताएका छन् ।
राप्ती गाउँपालिकाले पनि आफै दुईसय भिटिएम किनेर स्वाव संकलनको काम अघि बढाएको उपाध्यक्ष जगदम्बा चौधरीले बताइन् ।
‘स्वाव संकलन गरेर जाँच गर्नुपर्ने समयमा संकलन गर्ने भाँडो भिटिएम नै नभएपछि गाउँपालिका आफैले खरिद गरेको हो’ उनले भनिन्– ‘फेरि आवश्यकताका आधारमा खरिद गर्ने प्रक्रियामा छौँ ।’
बंगालाचुली गाँउपालिकामा पनि १ सय ६६ जनाको स्वाव संकलन गरिएको गाउँपालिका उपाध्यक्ष यमुना घर्तीले बताइन् ।
‘गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या धेरै छ, त्यसैले हामीले करिब एक हजार थान खरिद गर्र्ने प्रक्रियामा छौँ’ उनले भनिन्– ‘केन्द्र र प्रदेश सरकारले आफै किन्नु भनेको छ, त्यसैले हामी आफै किन्न लागेका हौँ ।’
घोराही उपमहानगर–पालिकामा पनि करिब दुई हजार तत्काल आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताए ।
‘छिटो जाँच गर्नुप¥यो, स्वाव जाँच गर्ने काम सुस्त भयो भन्ने व्यापक गुनासो आएपछि हामी आफैले तीनसय भिटिएम खरिद गरेर काम चलाएका छौँ’ उनले भने– ‘अब माग्दा नदिएपछि किनेर पनि काम चलाउनुप¥यो के गर्नु र ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here