- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsभद्रगोल क्वारेन्टाइन

भद्रगोल क्वारेन्टाइन

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, १७ जेठ । सल्यान जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएको क्वारेन्टाइनहरु अस्तव्यस्त देखिएका छन् । जिल्ला बाहिरबाट आउनेको संख्या बढेपछि स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टाइनहरू अस्तव्यस्त देखिएको छन् ।
क्वारेन्टाइनमा एउटै कोठामा १८/२० बस्ने गरेका छन् । विभिन्न निकायले गरेको अनुगमन र निरीक्षणमा यस्तो देखिएको हो । क्वारेन्टाइन निरीक्षणमा पुगेका अधिकारकर्मी विजय शरण शर्माले सल्यानका क्वारेन्टाइनहरु अस्तव्यस्त रहेको बताए ।
उनले क्वारेन्टाइनको बसाई, व्यवस्थापन, खानपान, पानी । शौचालयको अवस्था नाजुक देखिएको बताए । सबैभन्दा बढी बनगाड कुपिन्डे गाउँपालिकामा अस्तव्यस्त देखिएको छ ।
नगरपालिकाको प्रभाकर माविमा क्वारेन्टाइनमा मात्रै अहिले २ सय ५३ रहेका छन् । त्यस्तै जनता प्रावि बस्नेउरामा ८९, बनगाड क्याम्पस बनगाडमा १ सय ५७, रामजानकी प्रावि राउचेमा ८३,
भैरवी निमावि बेलखोलामा ७६, गंगा प्रावि अम्रामा ७२, भेरी निमावि गरामा ४३ र नवज्योति मावि अध्यरीमा ३७, सरस्वती प्रावि सुनौलीमा ६०, मुक्ति मावि औलबेशीमा २० जना र श्री त्रिभुवन जनता मावि च्युरामा ३८ जना गरी जम्मा ९ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
आवास, गास र अन्य जोह गर्न नगरलाई यतिबेला समस्या भइरहेको नगरले बताएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले क्वारेन्टाइनको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको र त्यसमा प्रशासनको भूमिका नरहेको बताए ।
उनले जिल्लामा अहिलेसम्म २ हजार २ सयभन्दा बढीको प्रवेश भएको जानकारीसमेत दिए । भण्डै १ हजारजना अहिले क्वारेन्टाइनमा छन् । तिनीहरुको व्यवस्थापनमा केही समस्या रहेको बताए । उनले व्यवस्थापनको लागि आर्मीसमेत परिचालन भएको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here