- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरबन्द भयो कागजको झोला बनाउने उद्योग

बन्द भयो कागजको झोला बनाउने उद्योग

- Advertisement -spot_img

जीतसागर जी.एम.

घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा रहेको शान्ति पेपर ब्याग उद्योग करिब एक महिना अघिबाट बन्द छ । लकडाउनले भारतको नयाँदिल्लीबाट ल्याउनुपर्ने कच्चापदार्थ ल्याउन नसकेपछि उद्योग बन्द भएको हो ।
कागजको झोलाको माग बढ्दै गएको अवस्थमा कच्चापदार्थ नपाउँदा उद्योग बन्द गर्नु परेको उद्योगका सञ्चालक अमितसिंह ठकुरीले बताएका छन् ।
‘उद्योग बन्द गरिसकेको छु, कच्चापदार्थ नपाएपछि कसरी चलाउनु र उद्योग ?’ उनले भने– ‘उद्योग बन्द भएपनि उद्योगमा रोजगारी पाएका श्रमिकलाई मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छु ।’
२०७४ भदौ १ गतेबाट उत्पादन सुरू गरेको उद्योगका भोला जिल्लाका सहरहरू घोराही, तुलसीपुर, नारायणपुर लगायत स्थान तथा जिल्ला बाहिर पोखरा, धनगढी, मोरङ, वीरगन्ज,
जनकपुरसम्म पठाउने जाने गरेका थिए । ‘मागअनुसार हामीले उत्पादन गरेर बाहिरी जिल्लासम्म पठाउने गरेका छौं’ उनले भने– ‘दैनिक २ हजार ५ सयसम्म झोला उत्पादन गर्ने क्षमता रहेको छ, तर कोरोनाको महामारीले उद्योग अहिले धरासयी बनेको छ ।’
कागजबाट उत्पादन भएको झोलाको मूल्य साइज अनुसार ७ रूपैयाँदेखि १० रूपैयाँसम्म पर्ने गरेको छ  । झोलामा ३ देखि ५ सम्म केजीसम्म बोक्न सकिन्छ । झोलामा कम्पनीहरूले आफ्नो नाम राखेर छाप्न सक्ने उनले बताए ।
‘कागजकोे झोला बजारमा आएपछि प्लाष्टिकका झोला विस्थापित हुन्छन् भन्ने अपेक्षा थियो, तर अहिले आफै विस्थापित हुने अवस्थामा पुगे’ उनले भने– ‘यस्तै अवस्था अब कहिलेसम्म रहने हो ? जसले गर्दा उद्योग धरासयमा पुग्नेदेखि श्रमिकको रोजीरोटी गुम्ने अवस्था छ ।’
सुरूका दिनमा हातले उत्पादन सुरू गरेका उनले अहिले मेसिनबाट उत्पादन गर्ने सुरू गरेका थिए । यसका लागि उनले करिब २८ लाखसमेत लगानी गरेका थिए ।
‘मेसिनबाट झोला उत्पादन गर्न थालेपछि सहजता भएको छ’ उनले भने– ‘सुरूका दिनमा धेरै चुनौतीहरू थिए, अहिले फेरि कोरोनालाई अर्को चुनौती थप्यो ।’ सुरूमा सार्थीहरूसँगै मिलेर सञ्चालनमा ल्याए पनि अहिले उनी एक्लै उद्योग सञ्चालन गर्दै आएका छन् ।
‘सार्थीहरूले छोड्दै जानुभयो अहिले एक्लै सञ्चालन गदै आएको छु’ उनले भने– ‘सुरूका दिनमा कतिपय स्थानमा सामान पठाए पनि हालसम्म पनि रकम पाउन सकेका छैनन् ।
‘ऋण लिएर सुरू गरेको उद्योगमा काम गरेको रकम नपाउदा थप समस्या परेको थियो, झनै अहिले उद्योग नै बन्द हुने स्थितिमा पुग्यो’ उनले भने– ‘सरकारले हामीजस्ता साना उद्योगीको पनि कुरा सुनिदियोस्, ताकि फेरि हामीले अझ धेरैजनालाई रोजगार दिन सकियोस्, विदेशिने युवालाई स्वदेशमै रोक्न सकियोस् ।’
उनले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका छन् । आफूसँगै उनले अहिले आठजनालाई रोजगारसमेत प्रदान गरेका छन् । प्लाष्टिकको विकल्पमा यसको प्रयोग गर्नुपर्छ भनेर आफू कागजको झोला उद्योगतर्फ आकर्षण भएको उनले बताए ।
‘प्लाष्टिकको अत्याधिक प्रयोगले वातावरण प्रदूषणसमेत भएको छ’ ठकुरीले भने– ‘यसको विकल्पमा कागजको झोला प्रयोग गर्न सकिन्छ भनेर हामीले कागजको झोला बनाउने उद्योग स्थापना गरेका हौँ ।’
प्लाष्टिकको झोलाभन्दा रकममा केही महंगो भएपनि वातावरणको हिसावले राम्रो उपयुक्त रहेको उनको भनाइ छ । आफ्नो स्थानमा नै केही नयाँ काम गर्नुपर्छ भनेर यसतर्फ लागेको उनले बताए ।
‘यस क्षेत्रमा कागजबाट झोला उत्पादन गर्ने उद्योग पहिलो उद्योग हो’ ठकुरीले भने– ‘आफू भारतमा बस्दा कागजको झोला निर्माण गरेको देखेको र नेपालमा पनि यसप्रकारको काम गर्न सकिन्छ भनेर लागे ।’
उद्योगमा आवश्यक पर्ने कच्चापदार्थ भने भारतबाट ल्याउने गरेका छन् । भारतबाट कच्चापदार्थ ल्याउनुपर्दा समस्या भएको उनले बताए । ‘माग गरिएपनि समयमा कच्चापदार्थ आउँदैन’ ठकुरीले भने–‘कच्चापदार्थ आउन ढिला हुँदा अर्डर आएको समयमा प्रदान गर्न सकिदैन, अहिले झनै लकडाउनले समस्या बनायो ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here