- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरएक खिल्ली चुरोट

एक खिल्ली चुरोट

- Advertisement -spot_img

सुरज गोराथोकी

लकडाउनले शरीरभन्दा पनि दिमाग थाकेको छ । त्यसैले आज त ५ः०० बजे नै क्लिनिक बन्द गरेर नागे हस्पिटल लाइन छोडेर कोठातिर । कोठामा पुगेर ढोका खोल्छु दायाँ पट्टी बाँसले बनेको कपडा राख्ने स्ट्याण्डभरि कपडा छन् । सँगै भुइमा काठमाडौंबाट आउँदा ल्याएको लगेज छ ।
अलि अगाडि सानो टेबल छ । टेबुलमा तीन÷चारवटा उपन्यासहरू छन् । एउटा डायरी, एउटा बडीस्प्रे, एक बट्टा चुरोट, एउटा लाईटर अनि एक बण्डल अगरबत्ती मिलेर बसेका छन् । तर खोज्ने बेला भने केही भेटिदैन ।
बायाँपट्टि भने एउटा अलि ठूलो टेबुल, टेबुलमाथि चुलो, चुलोमाथि चपिङ बोर्ड र बोर्ड माथि चक्कु छ । टेबुल मुनि पकाई खाने दुई÷चार भाँडाकुडा छन् अनि अलि पर भित्तामा एउटा बेड छ ।
त्यतिकैमा बाहिर कपडा खालेर चुरोटको बट्टा हातमा लिन्छु त भित्र एक खिल्ली मात्र रहेछ अहो ! योे रात कसरी कटाउने ? एक खिल्लीले सोंच्दै लगाउँछु आगो अनि सम्झिन्छु लकडाउनभन्दा एक÷दुई दिन अगाडिदेखिको दिनहरू ।
क्लिनिकको स्टाफहरू घरतिर लागिहाले । सुरूको एक÷दुई दिन त नजाऊ केही हुँदैन ? भनेर रोकेको पनि हो । त्यसपछि घरबाट जागिर छोडेर भएपनि आउ भनेपछि सहमतिमै घर गएका थिए । कार्यथलो सुनसान भयो । धेरैजसो मान्छे पहाडतिर लागे धनगढी सुनसान हुँदै जान लाग्यो ।
धनगढीमा साथी, आफन्त जो भने पनि दिनेश मात्र हो । ऊ चाहिँ काठमाडौं मेरो रूम बसेकोे साथी थियो । नयाँ ठाउँ भएकोले केही आपत पर्दा उसैलाई नै भन्छु ।
घर (दाङ) बाट बारम्बार फोन आउन थाल्यो छोरा घर आइज भनेर । दिनेशले पनि समय यस्तो छ, मिल्छ भने घर जा भन्यो । अनि लागे टिकट लिन धनगढी बसपार्कतिर । काउन्टरबाट आवाज आयो दाङको लागि हिजोमात्र गएको हुनाले अब कहिल्यै जान्छ थाहा छैन ?
मन भारी भयो । गाडी नजाने, आफूसँग साधन छैन । त्यहि दिन बेलुका सेती प्रादेशिक अस्पतालमा तीनजना कोरोना संक्रमित बिरामी फेला परे । चिन्ता मैलेभन्दा बढी घरमा लिन थाल्नुभयो । सोही अस्पतालको छेऊमा मेरो क्लिनिक । त्यसपछि तीन दिनसम्म पूरा बन्द नै भयो ।
म पनि कोठा मै बसेर घर जाने उपाय सोच्न थाले । एउटा एम्बुलेन्स दाङ जाँदै थियो त्यहिमा जाने मनसाय बनाए ।
अर्कोदिन प्रदेश नं. ७ को प्रदेशसभामा यस्तो महामारीको समयमा प्राइभेट हस्पिटल तथा क्लिनिक बन्द गरेको पाइएमा लाइसेन्स खारेज गरिने भनेर मेयरले आदेश दिएछन् ।
त्यसपछि म ढुक्कै भए चाहेर पनि घर जाने मनसाय पाउँदिन भनेर । अनि सुरू हुन थाल्यो एक्लोपनको आभास । बिहान ९ः०० देखि ६ः०० बजेसम्म मात्र बस्न थाले क्लिनिकमा ।
बजारमा झन–झन सुनसान हुँदै थियो । घरमा अरू डेरा गरेर बस्ने भाइहरू पनि लागे बझाङतिर, सेतीमै काम गर्ने भएकोले दिउँसोमा दिनेश आईरहन्थ्यो दिन बिताउन सजिलै भएको थियो ।
आजभोलि कोरोनाको डरले त्यति आउँदैन, मलाई दिन बिताउन सकस लाग्न थाल्यो । रात बिताउन त्यति गाह्रो छैन । जापानमा छ प्रविन उसँग कुरा हुन्छ रातभरी । ऊ पनि भिजा सकिएर थप भिजाको लागि अप्लाई गरेर बसेको छ । काम छैन पैसा पनि छैन ।
प्रदेशीको पीडा झन धेरै प्रत्येक दिन जिन्दगीका भोगाई साट्दा–साट्दा रात बितेको पत्तै हुँदैन । म, तैले प्रगति गरिसु भन्छ । ऊ पनि त्यही भन्छ र एक दिन झगडा हुन्छ । छोड यार यी कुरा नेपाल आएपछि सँगै मिलेर केही गर्नुपर्छ भन्ने कुराले सहमतिमा आईन्छ अनि सुतिन्छ ।
आजभोलि बिहान अबेरसम्म सुतिन्छ । उठेर हतार–हतार गरेर रेडि भयो । अनि गयो फेरि एक्लै हुन । बिहान ९ः०० बजे पनि गर्मीले गर्दा १२ बज्यो कि भन्ने आभाष गराउँछ । आजभोलि यी उराठलाग्दा दिनहरूमा भने उत्साह दिने फोन कल कहिलेकाहिँ बाँकेको मटेरियाबाट आउँछ ।
स्याण्डी सर,
उहाँसँग कामको सिलसिलामा काठमाडौं भेट भएको थियो । पछि कामले भन्दा पनि विचारले नजिक बनायो ।
काठमाडौं सहर,
हेर्न लाग्छ रहर …
मैले भन्दा ८–१० महिना अघि बाके फर्किनु भएको थियो । मलाई जस्तै उहाँलाई पनि फापेन भन राजधानी नत्र वर्षाै दुःख गरेर फल खाने बेलामा किन छोड्नु पथ्र्यो ?
त्यत्तिकैमा हातमा तातोले पोलेको अनुभव हुन्छ । यसो हेर्छु त चुरोट सकिने पो लागेछ । ठुटोलाई त्यही निभाएर बेडतिर जाँदै थिए । जसले भनिरहेको छ ।
बिहान त निकै टाढा पुग्नु छ । जसरी हतारमा निस्केको थिइस् त फेरि आइस् भनेर जिस्काइ रहेछ । जवाफ त केही हुँदैन ? तर मेरो मौनतालाई भने पक्कै बुझ्ने छ ।
पल्टिदिन्छु म आफ्नो शरीर रित्तो बनाएर ऊ माथि घरि अङ्गालो हाल्छ, घरि म हाल्छु । यत्तिकै मन र मस्तिष्कको युद्ध चल्छ । मस्तिष्कले गुनासो पोख्छ, मनले भने सम्झाई बुझाई उत्तर दिन्छ ।
जब मनले नै उत्तर दिन नसक्ने गुनासो आईदिन्छ तब भोलि उत्तर दिने बहानामा निदाई दिन्छु । थाहा छैन भोलि उत्तर भेट्छु । या अर्को गुनासो थपिन्छ आफै माथि !
दाङ (हालः धनगढी)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here