- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsकोरोना जितेर आठजना फर्किए घर

कोरोना जितेर आठजना फर्किए घर

- Advertisement -spot_img

दाङ, १६ जेठ ।
कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचाररत आठजना कोरोना संक्रमितहरुले कोरोना जितेका छन् । कोरोना जितेका उनीहरु शुक्रबार अस्पतालबाट घर फर्केका छन् ।

संक्रमणपछिको दुईवटा परिक्षण रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गरेको अस्पतालका मेसु डा सर्वेश शर्माले बताए ।

अस्पतालका उपचाररतमध्येका आठजनाको दोस्रो परिक्षण रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक (हे.अ) दोर्ण वलीले जानकारी दिए ।
बाँके नरैनापुरका ३ जना, कपिलवस्तु कृष्णनगरका २ जना, कपिलवस्तु कान्धी नगरका १ जना, शिवराज–११ कपिलवस्तुका १ जना र दाङ गढवाका १ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको व्यवस्थापक वलीले बताए ।

अस्पतालमा ४० जना कोभिड–१९ संक्रमितको उपचार भईरहेको छ । जसमा ८ जना डिस्चार्ज भएका हुन् । उपचाररत सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको वलीले बताए । उनीहरु सबै १० देखि १४ दिनसम्म अस्पतालमा बसेकाहरु रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here