- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsउपमहानगरलाई साढे १२ सय लिटर स्यानीटाइजर प्रदान

उपमहानगरलाई साढे १२ सय लिटर स्यानीटाइजर प्रदान

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १६ जेठ । कोभिड–१९को नियन्त्रणका लागि दाङको तुलसीपुर उपमहानगरपालिकालाई साढे १२ सय लिटर स्यानीटाइजर सहयोग गरिएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको कोभिड–१९ प्रतिकार्यका लागि निजी तथा साझेदारी परियोजना अन्तर्गत उत्पादन गरिएको १ हजार २ सय ५० लिटर स्यानीटाइजर सयहोग प्रदान गरिएको हो । 
युएसएआडीको आर्थिक सहयोगमा तुलसीपुर उद्योग वाणिज्य संघले स्यानीटाइजर उत्पादन गरेको हो । स्थानीय संघ संस्थाका युवा सदस्यहरुलाई स्यानीटाइजर उत्पादन गर्ने तालिम दिई डब्लु एचओको मापदण्डअनुसार स्यानीटाइजर उत्पादन गरिएको थियो । यो कार्यक्रममा ५० जना युवाहरुको सहभागिता रहेको थियो ।
युएसएआइडी विपद् जोखिम व्यवस्थापन परियोजना, तयार नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको परियोजनाले स्थानीय युवाहरुलाई प्रयोग गरेर स्यानीटाइजर उत्पादन गरेको थियो ।
परियोजनाले स्यानीटाइजर उत्पादन गर्ने र स्थानीय सरकारको समन्वयमा नगरका १९ वडामा नै निःशुल्क रुपमा वितरण गर्ने उद्देश्यअनुसार उपमहानगर अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई स्यानीटाइजर प्रदान गरिएको टिम लिडर विनिल केसीले बताए । यसमा प्रभाव क्षेत्र रहेको वडा कार्यालयहरुलाई समेत प्रदान गरिएको छ ।
यसैबीच बिहीबार एक कार्यक्रमको आयोजना गरी उत्पादिक स्यानीटाइजर तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख पाण्डेले राम्रो काम भएको भन्दै, यसलाई सही सदुपयोग गर्ने बताए । उनले विपद्मा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
संघका अध्यक्ष वीरबहादुर रावतले विपद्का संघको सहकार्य रहेको बताए । नगरलाई उपलब्ध गराएका स्यानीटाइजर स्वास्थ्य संस्थासँगै क्वारेन्टाइनहरुमा समेत प्रयोग गरिने उपमहानगरका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए । कोरोनाभाइरस जोखिमलाई न्यूनीकरण गर्नका लागि यो कार्य सहज हुने अपेक्षासमेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here