- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकोरोना कहर, आर्थिक क्रान्तिको अवसर

कोरोना कहर, आर्थिक क्रान्तिको अवसर

- Advertisement -spot_img

चीनको वुहान सहरबाट एक्कासी फैलिएको कोरोनाभाइरस संक्रमणको महामारी अहिले संसारभरी फैलिएको छ ।
करिब ५० लाख मानिस संक्रमणको सिकार हुँदा ३ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । पछिल्लो समय कोरोनाभाइरसको महामारी विश्व जगत्का लागि एउटा ठूलो युद्ध सरहको चुनौती भएको छ ।
प्रथम र दोस्रो विश्व युद्धबाट आर्थिक, सामाजिक र भौतिकरूपमा ध्वस्त भएको संसारले विज्ञान, प्रविधि र अर्थतन्त्रमा युगान्तकारी परिवर्तन गरिरहेकै बेला कोरोनाभाइरस संक्रमणको महामारीले विश्व जगत्को चमत्कारिक परिवर्तनलाई फेरी एकपटक अवरोध गरेको छ ।
ठूला–ठूला कल्पना गर्न नसकिने चमत्कारिक विकास गरेको यो युगले कोरोनाभाइरसविरूद्ध ठोस औषधि र खोप तयार गर्न सकेको छैन । जसले गर्दा संक्रमणको दर ज्यामितीय गतिमा बढिरहेको छ ।
कोरोना संक्रमणको दर तिब्र गतिमा बढिरहेको विषम परिस्थितिमा संसारका थुप्रै देशले संक्रमणको रोकथामका लागि बन्दाबन्दी (लकडाउन)को अवधारणालाई अघि सारेका छन् । विश्वव्यापी लकडाउनको मान्यतालाई आत्मसात् गर्दै नेपालले पनि बिगत चैत ११ गतेदेखि मुलुकलाई पूर्णरूपमा लकडाउन गरेको छ । तर पनि कोरोनाभाइरस संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
विश्वका थुप्रै देशले लकडाउनकै कारण संक्रमण रोकथाम गर्न सकेको भए पनि पूर्णरूपमा लकडाउन समस्या समाधानको उपाय नभएको अभिव्यक्ति दिएका छन् ।
लकडाउनको विकल्प खोज्दै गरेको तथ्यहरू सार्वजनिक भएका छन् तर पनि नेपालले लकडाउन नै पहिलो कदम हो भनेर यसको विकल्प खोजेको देखिदैन् ।
स्वास्थ्य क्षेत्रमा हुनुपर्ने उल्लेख्य सुधार नगरी लकडाउनको अवधारणालाई मात्रै अघि सारेको खण्डमा हाम्रोजस्तो विकासोन्मुख मुलुकको अर्थतन्त्रको लागि गम्भीर चुनौती हुने निश्चित छ ।
देश अहिले बन्दाबन्दीमा छ र अर्थतन्त्रका सबै आयामहरू ठप्प छन् । अहिलेको विपद्को घडीमा मानिसको स्वास्थ्य पहिलो प्राथमिकता हो र पनि यस महामारी पश्चात्को संकटका विषयमा अहिले नै गम्भीर नहुने हो भने झन् ठूलो विपद्को सामना गर्नुपर्ने बाध्यता हामीसामु आउनेछ ।
कोरोनाभाइरस महामारी र विश्वव्यापी लकडाउनका कारण संसारभरी रोजगारीको शिलशिलामा पुगेका लाखौं युवाहरू रोजगारी गुमाउँदै स्वदेश फर्किनुपर्ने भयावह स्थिति हाम्रा नजिक रहेको छ ।
कोरोनाभाइरस संक्रमण र लकडाउन अहिलेको प्रमुख चुनौती बनेर आएको छ ।
तर यसलाई स्वास्थ क्षेत्रको युगान्तकारी परिवर्तन र अर्थतन्त्रको क्रान्तिको अवसरका रूपमा लिनसके हाम्रो नेपालले साँच्चिकै ‘सुखी नेपाली, समृद्धि नेपाली’को नारालाई साकार पार्ने निश्चित देखिन्छ ।
स्वदेशमा केही रोजगारी पाइएन भन्दै बाध्यता र रहरमा विदेश पलायन भएका लाखौं युवा र ती युवाहरूले बगाएको श्रम र पसिना फिर्ता गर्ने यो जत्तिको सुनौलो अवसर अरू केही हुन सक्दैन् ।
विदेशी भूमिमा गुलामी गर्दै विवश जिन्दगी बिताइरहेका हाम्रा होनहार युवाहरूलाई स्वदेशी माटोमा पसिना बगाउँदै सुन फलाउने यो जत्तिको स्वर्णिम अवसर अरू हुन सक्दै सक्दैन् ।
परनिर्भरताले गुज्रिएको हामी नेपालीको तितो वास्तविकतालाई पन्छाउँदै देशमा उत्पादन बढाएर आत्मनिर्भर बन्ने यो जत्तिको सजिलो उपाय अरू केही हुनै सक्दैन ।
अब साँच्चिकै शासक वर्गले यो विपद्को घडिबाट गतिलो पाठ सिकेर युवालाई स्वदेशी उत्पादनमा प्रोत्साहन गर्ने हो भने अबको पाँच वर्षमा नेपाल पूर्णरूपमा आत्मनिर्भर बन्छ र विदेशी गल्लीमा कसैलाई भौतारिनु पर्दैन । हामी प्राकृतिक रूपमा सम्पन्न छौं तर पनि किन यति धेरै परनिर्भर भयौं भनेर एक पटक आत्मआलोचना गर्न जरूरी छ ।

ठूला–ठूला कल्पना गर्न नसकिने चमत्कारिक विकास गरेको यो युगले कोरोनाभाइरसविरूद्ध ठोस औषधि र खोप तयार गर्न सकेको छैन । जसले गर्दा संक्रमणको दर ज्यामितीय गतिमा बढिरहेको छ । कोरोना संक्रमणको दर तिब्र गतिमा बढिरहेको विषम परिस्थितिमा संसारका थुप्रै देशले संक्रमणको रोकथामका लागि बन्दाबन्दी (लकडाउन)को अवधारणालाई अघि सारेका छन् । विश्वव्यापी लकडाउनको मान्यतालाई आत्मसात् गर्दै नेपालले पनि बिगत चैत ११ गतेदेखि मुलुकलाई पूर्णरूपमा लकडाउन गरेको छ । तर पनि कोरोनाभाइरस संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।


कोरोना कहरलाई साँच्चिकै एउटा अवसरका रूपमा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धि गर्ने हो भने विदेशिएका लाखौं युवाहरूलाई सुरक्षित तवरबाट स्वदेश फर्काई आफ्नो गाउँ आफै बनाऊ भन्ने मूलमन्त्रसहित अघि बढ्नुपर्ने हिम्मत सबैमा हुनुपर्ने देखिन्छ ।
सधैभरी सरकारलाई गाली गर्दै विदेशमा बसी राष्ट्रियताको चर्को नारा लगाउने सबै युवाहरूलाई स्वदेश फर्किन म अपिल गर्दछु ।
हामीसँग थुप्रै सम्भावनाहरू छन् तर मात्रै इच्छाशक्ति छैन । त्यसैले दृढ इच्छाशक्ति बढाउँदै समृद्धिको यात्रा सुरू गर्नुपर्ने बेला आएको छ ।
कोरोना कहरले हामीलाई अहिले जुन किसिमको राष्ट्रिय एकताको खाँचो औंलाएको छ, सोही अनुरूप आर्थिक क्रान्तिको बलियो आधार तयार गर्न पनि कोरोना कहरले हामीलाई सहयोग गरेको छ ।
हामीसँग थुप्रै जमिन बाँझो छ, गाउँबस्तीहरू खाली हुँदै छन् । सहरका खेतीयोग्य जमिन बस्तीमा परिणत हुँदैछन् । प्रदूषण र फोहरले वातावरणलाई पूरै बिगारेको छ । तर पनि हामी कोरोना संक्रमणको कारण खोज्दै बहस गरिरहेका छौं ।
मानवीय हर्कतले निम्तिएको यो विपद्बाट मुक्ति हुने अर्को विकल्प पनि मानवीय क्रियाकलाप नै हो । त्यसैले अर्गानिक उत्पादनलाई जोड दिदै पर्यावरण सुधार्ने बाटोतिर लाग्नु जरूरी ठानिन्छ ।
यो महामारीको बेला थुप्रै गैर आर्थिक क्रियाकलापहरू भएको देखिन्छ । जसले सीमित र शोषक वर्गलाई उल्लेख्य फाइदा गरेको छ । मजदुर, किसान, भूमिहिन, विद्यार्थी, विभिन्न पेशाकर्मीलगायत ठूलो वर्ग कोरोना संक्रमण र लकडाउनको चपेटामा परेका छन् ।
लकडाउनको बेला सुस्ताएको अर्थतन्त्रलाई गति दिन राज्यले निकै ठूलो साहस गर्न जरूरी देखिन्छ । यस्तो बेला पक्ष–विपक्ष नभनेर एक ढिक्का भएर समृद्धिको यात्रातिर लाग्नुपर्दछ ।
सरकारले ठोस योजना र विभिन्न प्याकेजहरू ल्याउनुपर्दछ । जुन वर्ग कोरोनाको कहरबाट बढी प्रताडित छ, उक्त वर्गको उत्थानका लागि राज्यले कुनै कसुर बाँकी राख्नु हुँदैन् ।
युवालाई स्वदेश फर्काएर के काममा लगाउने, कसरी युवा शक्तिलाई परिचालन गर्दै राष्ट्रिय उत्पादन बढाएर परनिर्भर हटाउने भन्नेतर्फ गम्भीर भएर लाग्नुपर्दछ ।
स्वास्थ्य क्षेत्रमा देखिएका गम्भीर अप्ठ्याराहरूलाई समाधान गर्ने र नागरिकको जिउज्यान कसरी सुरक्षित गर्ने भन्नेतर्फ लाग्नुपर्दछ ।
हामीस“ग तीन तहका सरकार
देश संघीयतामा गएको छ, हामीसँग तीन तहका सरकारहरू छन् । सबैले स्पष्ट खाका तयार गरेर कोरोना विपद्बाट मुक्त हुँदै आर्थिक क्रान्ति गर्ने सोंच राख्नुपर्दछ । जेठ १५ गते सरकारले बजेट ल्याएको छ ।
बजेट वितरणमुखी हुनुहँुदैन, त्यसैगरी सस्तो लोकप्रियता र खोक्रो राष्ट्रियताको लागि मात्रै नभई देशमा कोरोना कहरले निम्ताएका जटिल समस्याहरू समाधान गर्ने हेतुले बजेट विनियोजन हुन जरूरी छ । लाखौ जनता गरिबी र बेरोजगारीको सिकार हुने निश्चित देखिन्छ । यसका लागि दीर्घकालीन योजना अनुरूपको बजेट ल्याउनु पर्दछ ।
किसान र कृषि सबैभन्दा बढी मारमा परेको यो जटिल परिस्थितिलाई विश्लेषण गर्दै साँच्चिकै किसानको हातमा पुग्ने गर्ने सहुलियत र अनुदानका आकर्षक कार्यक्रमहरू ल्याउनुपर्दछ ।
बैंक तथा वित्तीय संस्थालगायत अन्य संस्थाहरूमा देखिएको तरलता अभावलाई पूर्ति गर्नसके जतिका प्रयासहरू राज्यले गर्नुपर्ने देखिन्छ । रेमिटान्सले चलेको अर्थतन्त्रको विकल्प अब खोज्नै पर्छ ।
कोरोनाभाइरस महामारी मानव जातिको एउटा भयावह स्थिति हो नै तर पनि राज्यको चौथो अंग मानिएको पत्रकारिताले समाजमा भ्रमभन्दा पनि सुरक्षातिर ध्यान पुग्ने खालका सन्देशहरू प्रवाह गर्दै राज्यलाई सहयोग गर्नुपर्दछ ।
देशको अर्थतन्त्रको सुधारका लागि खोजमूलक सामाग्रीहरूमार्फत रचनात्मक सुझाव दिनुपर्दछ । कोरोना कहरलाई कुनै पनि हालतमा आर्थिक समृद्धिको आधारका रूपमा स्थापित गराउन सबै क्षेत्रले सहयोग गर्नुपर्दछ ।
कोरोना विपद्बाट देखिने सामाजिक असमानता र विभेद्को अन्त्यका लागि राज्यदेखि नागरिकसम्मले भूमिका खेल्नुपर्दछ । कसरी ध्वस्त भएको अर्थतन्त्रलाई उकास्ने र समृद्धिको मार्ग प्रशस्त गर्ने ? भन्ने कुरामा सबै लाग्नु पर्दछ ।
राज्यले आफ्नो ठाउँबाट, नागरिकले आफ्नो ठाउँबाट र विभिन्न पेशाकर्मीले आफ्नो सकारात्मक भूमिका खेल्दै कोरोना कहरलाई अवसरका रूपमा स्थापित गराउनुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here