- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsशान्ति समाजको विरोध प्रदर्शन

शान्ति समाजको विरोध प्रदर्शन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १६ जेठ । मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले रूकुम पश्चिमको घटना विरूद्ध प्रदर्शन गरेको छ । समाजले पछिल्लो समय यस्ता घटनाहरू रूकुमलगायत देशका विभिन्न ठाउँमा बढ्दै गएको भन्दै बिहीबार तुलसीपुरमा प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले गत जेठ १० गते रूकुम पश्चिमको चौरजहारीको सोती घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।
उनले घटनामा परी पाँचजना युवाको ज्यान गएको र एकजना अझै बेपत्ता भएको भन्दै तत्काल यस विषयमा तत्काल सरकारको ध्यानाकर्षण हुन जरूरी रहेको बताए ।
युवाहरूमाथि निर्घात कुटपिट गरिएको भन्दै उक्त घटनाको निन्दा र निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनसम्मत कारबाही गर्न महासचिव बस्नेतले सरकारसँग आग्रह गरे ।
शान्ति समाजका पूर्व केन्द्रीय सदस्य निर्मल नेपालीले दण्डहिनताको निरन्तरता र कहालीलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरू वृद्धि भइरहेको बताए ।
शान्ति समाज दाङका संस्थापक सभापति डिल्लीराज धितालले रूकुम पश्चिममा घटेको उक्त घटनाका दोषीहरूमाथि कारबाही र पीडितले न्याय पाउनुपर्ने माग गरे ।
दलित महिला अधिकारकर्मी युवा कराराले दलित भएकै कारण देशका विभिन्न स्थानमा हत्या, बलात्कृत, अपहेलित हुने कार्य तत्काल रोकिनुपर्ने बताए ।
‘गणतान्त्रिक मुलुकमा कानुनी राज्यको उपहास झै भईरहेको छ’ उनले भने । शान्ति समाज दाङ शाखाका सभापति शरद रेग्मीको सभापतित्वमा भएको विरोधसभाको सहजीकरण सचिव निर्मला डाँगी योगीले गरेकी थिइन् ।
यसैबीच, विभिन्न १४ वटा संघ संस्था सम्मिलित दलित नागरिक समाजले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बिपी चोकमा आयोजित विरोधसभामा दलित अगुवा देवराज विश्वकर्मा र जोगेन्द्र विश्वकर्माले सोती घटनाको संसदीय उच्चस्तरीय छानबिन समिति गठन गरी कारवाही गर्न माग गरे ।
समाजले मृतक युवाहरूको फोटोसहित आफ्ना माग राखी चोक–चोकमा ब्यानर पोष्टर राखि बिरोध प्रदर्शन गर्ने, जिल्ला प्रशासन कार्यालय दाङमार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउने,
प्रतिनिधिसभा र राष्ट्रियसभाको सचिवालय, जाजरकोट र रूकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, शान्ति पूर्णरूपमा भौतिक दूरी कायम गर्दै मौन जुलुस, अनसनलगायतका विरोध कार्यक्रम गर्ने कार्यक्रम बिहीबार तुलसीपुरमा घोषणा गरेको छ ।
यसै सन्र्दभमा बिहीबार विरोध ¥याली र विरोधसभा पहिलो कार्यक्रम सम्पन्न भएको समाजका निर्मल नेपालीले जानकारी दिए । दलित नागरिक समाजले सबै राजनीतिक दलहरूको सहभागितामा संसदीय उच्चस्तरीय समिति गठन गर्नुपर्ने,
जातिय भेद्भाव र छुवाछुत गर्नेलाई संविधान र कानुनले तोके बमोजिमको हदैसम्मको कारवाहीको माग गरेको छ । ज्यान मार्ने गरेको अपराधिक घटना घटाउने ब्यक्तिहरूलाई आजीवन कारावासको सजाय लगायत छवटा माग अघि सारेको छ ।

लमहीमा पनि प्रदर्शन

यसेबीच रूकुम पश्चिममा भएको घटनालाई लिएर दाङको लमहीमा प्रदर्शन गरिएको छ । बिहीबार घटनाको सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन गरिएको हो ।
‘मान्छे मार्न पाइदैन, जातीयताको विभेद अन्त्य गरौं, हत्यारालाई आजीवन कैद होस्, पीडित पक्षले न्याय पाउनै पर्छ, रगत सबैको रातो हुन्छ’ लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो ।
अधिकारकर्मी सोनाली पुन मगरको नेतृत्वमा रहेको समूहले बसपार्क नजिक सार्वजनिक स्थानमा प्रदर्शन गरेको हो । रूकुम पश्चिममा अन्तरजातीय प्रेमलाई लिएर भएको घटनामा संलग्न दोषीलाई कारबाही गर्न देशभर प्रदर्शन सुरू भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here