- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचर१६६ जनाको स्वाव संकलन

१६६ जनाको स्वाव संकलन

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १६ जेठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा १ सय ६६ जनाको स्वाव संकलन गरिएको छ । भारतको विभिन्न ठाउँबाट आएका नगरबासीहरूको पिसीआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो ।
बिहीबार नवज्योती मावि बावियाचौरको क्वारेन्टाइनमा राखिएका ३७ जना, भेरी आधारभूत माविका ४३ जना र प्रावि बस्नेउरा आँपखोलीका ८६ जनाको पिसीआर परिक्षणका लागि स्वाव संकलन गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि भारतसहित अन्य मुलुकबाट नगर भित्रिनेको संख्यामा उल्लेख्य बृद्धि भएपछि कपुरकोट र बबई नाकाबाट नागरिकहरू कोरोना परिक्षण बिना नै नगर भित्रिने गरेका छन् । आरडिटी परिक्षण भरपर्दो नहुँदा यसले थप जोखिम बढाउँदै गएको स्थानीयहरूको भनाई छ ।
यस्तै गत मंगलबार पिसिआर गरिएका ३ सय ९३ जानको रिपोर्ट आज शुक्रबारसम्म आउने डाक्टर इन्द्र बहादुर थापाले जानकारी दिए ।
नगरपालिकामा हालसम्म प्रभाकर मावि क्वारेन्टाइनमा २ सय ५३, जनता प्रावि बस्नेउराको क्वारेन्टाइनमा ८९, बनगाड क्याम्पसको क्वारेन्टाइनमा १ सय ५७, रामजानकी प्रावि राउचेको क्वारेन्टाइनमा ८३ जनालाई राखिएको छ ।
त्यस्तै भैरवी आधारभूत विद्यालय वेलखोलाको क्वारेन्टाइनमा ७६, गंगा प्रावि अम्रा क्वारेन्टाइनमा ७२, भेरी आधारभूत गरा क्वारेन्टाईनमा ४३ र नवज्योति मावि अध्यरी क्वारेन्टाइनमा ३७ जना रहेका छन् ।
सरस्वती प्रावि सुनौली क्वारेन्टाइनमा ५७, मुक्ति मावि औलबेशी क्वारेन्टाइनमा २० जना गरी जम्मा ८ सय ९८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेहरूको संख्या धेरै हुँदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here