Thursday, April 25, 2024
Homeफिचरप्रहरी चौकीलाई स्वास्थ्य सामग्री

प्रहरी चौकीलाई स्वास्थ्य सामग्री

- Advertisement -spot_img

तुलसीपुर, १५ जेठ ।
नेपाल आयुर्वेद औषधी संघ जिल्ला शाखा दाङले प्रहरी चौकीहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले तुलसीपुर क्षेत्रभित्र रहेका प्रहरी चौकीहरूलाई स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्दै आएका सुरक्षाकर्मीहरूलाई संघले मास्क, सेनिटाइजर, ग्लोब्स लगातका अत्यावश्यक सामग्री प्रदान गरेको छ ।

संघले बिहीबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रअन्तर्गत प्रहरी चौकी हेमन्तपुर, प्रहरी चौकी बेलझुण्डी र अस्थायी प्रहरी पोष्ट ग्वारखोलालाई स्वास्थ्य सामग्री प्रदान उपलब्ध गराएको हो ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष देवु बस्नेत, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ दाङका अध्यक्ष प्रकाश अधिकारी, सचिव हेमराज पन्त, कोषाध्यक्ष तथा भ्याली सिद्धार्थ पोलिक्लिनिकका एमडी कर्ण बहादुर ओली, युवा व्यवसायी तथा समाजसेवी मनिष चौधरी, आयुर्वेद औषधि व्यवसायी नरेन्द्र केसीलगायतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here